पारिश्रमिक डेढ लाख सम्म लिने सुमिनाको ७५ लाखको घर
सिनेमा क्षेत्रमा आएको छोटो समयमै नायिका सुमिना घिमिरे चर्चामा छिन् । चलचित्र ‘छविलाल कञ्जुस छैन’ बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी नायिका घिमिरेले काठमाण्डौको शंखमुलमा घर किनेकी छिन् । सिनेमा क्षेत्रमा आएको ४ बर्ष मै उनले काठमाण्डौमा घर किनेकी हुन् । नायिका घिमिरेले अनलाइनखबरसँग कुरा गर्दै आफुले ७५ लाखमा घर किनेको बताईन् । उनले परिवारको सहयोग, आफ्नो कमाई र फाइनान्सबाट रकम झिकेर घर किनेको बताईन् ।हाल घरको केही मर्मत र रंगरोगनको काम भइरहेको उनको भनाई छ । वि.सं २०७० साल वैशाख १ गते आफु नयाँ घरमा सर्ने उनको भनाई छ । सुमिनाका अनुसार ३ महिना घरको मर्मतमा समय लाग्ने भएकाले डेराबाट घरमा सर्न केही समय लाग्ने भएको हो । उनले नयाँ घरमा आफ्नो परिवारसँगै बस्ने बताइन् । चलचित्र ‘छविलाल कञ्जुस छैन’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका घिमिरेले आजसम्म डेढ दर्जन सिनेमामा काम गरेकी छिन् ।
श्रोतका अनुसार सुरुवातका आधा दर्जन सिनेमामा सामान्य पारिश्रमिक लिने सुमिना पछिल्लो समय डेढ लाख सम्म लिने गर्छिन् । नेपाली सिनेमामा लामो समयसम्म लागेका कलाकारहरुले अझै पनि घर किन्न नसकेको अवस्थामा सुमिनाले भने छोटो समयमै काठमाण्डौमा महङ्गो मुल्यमा घर किनेकी हुन् ।
|
|












0 comments