The Nepal Times

Hot Nepali News Updated Every Second

१० वर्षको उमेरमै कसरि हुन्छन गर्भवती ?

Published on Tuesday, 15 January 2013 10:45 // ,

समाज–समय परिवर्तनको असर हरेक क्षेत्रमा देखा परिरहेको छ । त्यही असर बालबालिकामा समेत देखापर्न थालेको छ । सोही कारण युवतीमा मासिक धर्म (रजस्वला) सुरु हुने उमेर ६–७ वर्ष घट्दै गएको विशेषज्ञहरुको भनाई छ ।

जसको कारण ‘जंक फूड’ भएको पनि उनीहरुको तर्क छ ।बेलायतको चर्चित पत्रिका ‘द सन’को समाचार अनुसार केही किशोरीमा ६–७ वर्षमै मासिक धर्म सुरु हुन्छ । त्यस्तै हालै अमेरिकामा भएको एक अनुसन्धानमा युवकहरु जवान हुन सुरु हुने उमेरमा करिब २ वर्ष कटौती भएको पाइएको थियो ।

वैज्ञानिकहरुका अनुसार सन् १८६० ताका युवतीहरुमा मासिक धर्म सुरु हुने औसत उमेर १६.६ वर्ष थियो । सन् १९२० मा यो औसत उमेर घटेर १४.६ वर्षमा झरेको थियो । त्यस्तै सन् १९५० मा १३.१, सन् १९८० मा १२.५ वर्ष र सन् २००१ मा १०.५ औसत वर्षमा रजस्वला हुने तथ्य देखिएको थियो ।

समाचाकार अनुसार विशेषज्ञहरुलाई डर छ कि यसकारण कम उमेरमै गर्भवती हुने किशोरीको संख्यामा बृद्धि नहोस् । एजेन्सी
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!