The Nepal Times

Hot Nepali News Updated Every Second

रक्सि को नसाले म त अचेत नै भएछु - गायिका अन्जु पन्त

Published on Thursday, 10 January 2013 04:47 // ,

गाडी किन्नुभयो ?
 छैन, काठमाडौंमा ट्याक्सी नै चढ्छु। गाडी किन्ने पैसाले घरै बन्छ।

 उसो भए घर बनाउनुभयो त ?
 भर्खरै एकतलाको घर किनेर तला थप्दैछु।


 एउटा गीत गाएको कति लिनुहुन्छ ?
 परिस्थिति र सम्बन्ध हेरेर लिन्छु। यति नै भन्ने छैन।


 कतिवटा गीत गाइसक्नुभयो ?
 एक वर्ष जतिअघि नै ५ हजार पुगेको थियो। त्यसपछि गनेको छैन।

 किन क्रिस्चियन हुनुभएको ?
 सानोमा दिदीले मलाई चर्च लिएर जानुहुन्थ्यो। मेरो गायनको सुरुवात प्रभुको स्तुति गाएरै भएको हो। चर्च गएपछि म मेरा टेन्सनहरू बिर्सन्छु र रिलिफ महसुस हुन्छ।

 डिभोर्सपछिको जीवन कस्तो छ ?
 एक्लो जीवन झनै आनन्द। छोरी हुर्काइरहेकी छु। एकल निर्णय गर्न सिकेकी छु।

 पुनर्विवाहको सोचाइ छ ?
 एकपटक गरिसकेको गल्ती फेरि दोहोर्‍याउन चाहन्नँ।

 सबैभन्दा दुःखद क्षण ?
 बुबा र दाइ बित्दा।

 चलचित्रमा कुन नायिकालाई तपाईंको पाश्र्वगायन बढी सुहाएको जस्तो लाग्छ ?
 रेखा थापा, झरना थापा र केकी अधिकारी।

 कुन नायिकाका लागि पाश्र्वगायन गर्ने मन छ ?
 मनीषा कोइरालाका लागि ।
 मीठो गरी पकाउन आउने कुरा ?

 पोर्क ग्रेभी।

 मात्ने गरी पिएको घटना ?
 मेरी आमा तामाङ भएकीले उहाँले छोरी बाइस दिनको हुँदा उतैको चलनअनुसार मलाई चिसो नलागोस् र बच्चीका लागि प्रशस्त दूध आओस् भनेर रक्सी तताएर ख्वाउनुभएको थियो। रक्सी यस्तो लाग्यो कि म अचेतजस्तै भएर घण्टौं निदाएछु।

 दुई सेक्सी स्वदेशी पुरुष ?
 पाइलट तथा अभिनेता विजय लामा र उद्यमी विजय गजानन्द वैद्य

 सबैभन्दा खुसी भएको क्षण ?
 छोरी परितोषिकाको जन्म भएको बेला ।

 बिहान उठ्दा लिंग परिवर्तन भएर सुन्दर युवक हुनुभएछ भने ?

 सायद मलाई सबैका सामु म गायिका अञ्जु पन्त नै हो भनेर प्रमाणित गर्न गाह्रो पर्ला भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!