The Nepal Times

Hot Nepali News Updated Every Second

क्रिश्चियन अञ्जु भन्छिन्, ‘अब रक्सि पिउँदिन’

Published on Thursday, 10 January 2013 04:53 // ,


गोपाल दाहालबारम्बार मदिरा पिएर मातेको समाचारका कारण विवादमा पर्दै आएकी गायिका अञ्जु पन्तले अव आफुले मादकपदार्थ सेवन नर्गे बताएकी छिन् । 
‘मदिरा पिउनै हुदैन भन्ने होइन तर म भने अब यसबाट टाढा भएको छु, अन्जुले भनिन् ।’पति मनोजराजसाग सम्वन्ध विच्छेद भएपछि एक्लै बस्दै आएकी गायिका पन्तले धरानका संचारकर्मीसाग कुरा गर्दै मदिरा नपिउने बताएकी हुन् । केही समयदेखि क्रिश्चियन धर्म अबलम्बन गरेकी गायिका पन्तले उपस्थित संचारकर्मीलाई समेत बाइबल पढ्न सुझाव दिएकी छन् । पत्रकारहरुसँग अधिकांश समय ‘प्रभु’ को बयान गर्नमै समय खर्चिएकी पन्तले आफुले भजन गाएपछि प्रभुको शरणमा गएको बताइन् । आफुले परमेश्वरको योजनाले धर्म परिवर्तन गरेको दाबी गर्दै उनले भनिन्, ‘पहिला मन्दिर गएर पुजा गर्थे तर क्रिश्चियन धर्ममा जस्तो आनन्द कतै पनि देखिन ।’

भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!