The Nepal Times

Hot Nepali News Updated Every Second

बुढो लोग्नेबाट जोगिन सुहागरातमा ढोकामा चुकुल

Published on Sunday, 20 January 2013 04:52 // , ,


साउदी अरेबियामा एक ९० वर्षीय पुरुषले १५ वर्षीया किशोरीविरुद्ध अनौठो मुद्दा हालेका छन् । ९० वर्षका ती पुरुषले आफ्नी १५ वर्षकी किशोरी श्रीमती विरुद्ध सुहागरातका दिन लुकेको आरोप लगाउँदै आफ्नो मानहानी गरेको दाबी गरेका छन् ।
समाचार अनुसार आफुभन्दा ७५ वर्ष जेठो लोग्नेसँग डराएर ती किशोरीले बिहेको पहिलो रात छिटै कोठाभित्र पसिन् र भित्रबाट चुकुल लगाइन् । किशोरी श्रीमतीसँग मस्ती गर्ने अभिलाषा बोकेर जब त्यो बुढो बेहुलोले ढोका ढक्ढकाउँदा उनले मरिगए खोलिनन् । दुइ दिनपछि ती किशोरी बल्लतल्ल त्यहाँबाट भागेर माइतीघर गइन् ।
आफुमाथि अपमान र जालसाजी समेत भएको भन्दै बुढो बेहुलो रिसले आगो भएका छन् । उनले आफुले बिहेमा साढे १७ हजार अमेरिकी डलर बराबरको रकम ती बेहुलीका बुवाआमालाई दिएको भन्दै सो रकम फिर्ता पाउनुपर्ने समेत माग गरेका छन् । अल अरेबिया टिभीमा बोल्दै ती वृद्धले आफुले किशोरीसँगको बिहेलाई वैध बनाउनका लागि उनका बुवाआमालाई पैसा दिएको बताए । स्मरण रहोस् १५ वर्षकी किशोरीको ९० वर्षका वृद्धसँग भएको मागी विवाह सायदी अरेबियामा चौतर्फी आलोचनाको समाचार बनेको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: , ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!