The Nepal Times

Hot Nepali News Updated Every Second

राजनीतिले गरायो राजेश र कोमलको बिहे

Published on Sunday, 20 January 2013 04:53 // , ,

नायक राजेश हमाल र गायिका कोमल वलीको बिहे भएको छ । अब यि दुई श्रीमान् श्रीमती भएका छन् । तर नझुक्किनुहोस्, कोमल र राजेश बास्तबिक जिवनमा श्रीमान् श्रीमती भएका होइनन् । यि दुइलाई बैबाहिक जिवनमा वाध्ने काम गरेको हो, चलचित्र ‘राजनीति’ ले ।माघ ३ गतेबाट छायांकन सुरु भएको चलचित्र ‘राजनीति’ मा हमाल र वली श्रीमान् श्रीमतीको रुपमा अभिनय गर्दैछन् । दिपक सुवेदी र दिपक के भट्टराईको लगानीमा छायांकन सुरु भएको यो चलचित्रमा पवित्रा आचार्य, दिपक के भट्टराईको पनि अभिनय रहनेछ । चलचित्रमा शिव ढकालको छायांकन, अष्ट महर्जनको द्धन्द समावेश छ ।

राजनीतिक बिषयबस्तुमा आधारित रहेर तयार हुन लागेको चलचित्रको एक आइटम गीतको छायांकन सकिएको निर्देशक निरौलाले बताए । चलचित्रमा नायक राजेश हमाल राजनीतिक नेताको भुमिकामा देखिदैछन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!