The Nepal Times

Hot Nepali News Updated Every Second

नायिका रञ्जनाले पतिलाई फेसबुकमा ‘ब्लक ’

Published on Saturday, 19 January 2013 20:25 // , ,

माघ ७ - चलचित्र निर्देशक समेत रहेका श्याम भट्टराईलाई आफ्नै पत्नी नायिका रञ्जजना शर्माले सामाजिक सञ्जाल फेसबुकमा ‘बल्क’ गरेकी छन् ।

रञ्जनाले पति श्यामलाई शुक्रबार आफ्नो फेसबुकमा ‘बल्क’ गरेकी हुन् । कामको शिलशिलामा अमेरिका बस्दै आएकी रञ्जनाले पति श्यामलाई आफ्नो फेसबुकबाट हटाउनु मात्रै होइनकी बल्क नै गरेकी हुन् । पतिलाई फेसबुकमा ‘बल्क’ गर्नुको कारण बारेमा रञ्जनाले केही बताएकी छैनन् ।

पति श्यायसँग रञ्जनाको केही बर्षयता आन्तरिक समस्या रहँदै आएको छ । यस अघि पनि रञ्जना र श्याम अलग–अलग बस्दै आएका थिए । पारिवारिक दवाव पछि दुबै पुनः उनीहरु सँगै बस्दै आएका हुन् ।
रोजगारीको शिलशिलामा रञ्जना अमेरिका गए पछि पुनः श्यम र रञ्जना पछि मनमुटाव सुरु भएको थियो ।

नयाँ बानेश्वरस्थित हाईटमा बस्दै आएको रञ्जना र श्यामको जोडी धेरै लामो समय एकसाथ रहन नपाउँदै पटक–पटक विवादित हुँदै आएको थियो ।

पति भट्टराईले आफ्नो फेसबुक मार्फत आफूलाई रञ्जनाले बल्क गरेको गुनासो गरेका हुन् ।
‘रञ्जना शर्माजीले आफ्नो ओरजिनल फेसबुक आईडीबाट मलाई बल्क गर्नु भएको थाहापाएर आज झन् बढि खुसी लाग्यो,’ भट्टराईले लेखेका छन्, ‘बडेबडे देशमा ऐसा छोटी–छेटी बाते होती रहेती हैं ।’ उनले अगाडि भनेका छन्, ‘मेरो नयाँ विहानी पनि अब अलि खुकुलो भएको हो की ?’
शुक्रबार राति करीव आठ बजेको समयमा उनले सो ‘स्टाटस’ फेसबुकको भित्तामा लेखेका थिए ।सो ‘स्टाटस’लाई लाईक र कमेन्ट गर्नेको ओईरो समेत लागेको छ ।

रञ्जनालाई नेपाल टेलिभिजनबाट प्रसारित उतिबेलाको चर्चित टेलिसिरियल ‘जानकी’ मार्फत रजतपटमा प्रवेश गराएका श्यमले पछि उनैलाई विवाह गरेका थिए । कालोवर्णकी रञ्जनाको महत्वकांक्षी दवावका कारण श्यामले उनकै लागि ठूलो पर्दाका नेपाली चलचित्र समेत निर्माण गरिसकेका छन् ।

पछि चलचित्रमा नायिका भए लगत्तै रञ्जनाले पति श्यमलाई वेवास्ता गर्न थालेको उनकै सहकर्मी नायिकाहरु बताउ छन् । रञ्जनालाई नायिका बनाउन ठूलो हात श्यामकै रहेको उनका सहयोगीहरुको भनाई छ ।
पछिल्लो समय ‘लंका’ नामक चलचित्र निर्माण गरेर चर्चामा रहेका श्यामलाई आफ्नै पत्नीको व्यवहार देखेर दिक्का मानेका छन् । ‘लंका’ले राम्रै व्यापार गर्नुका साथै श्यामलाई राम्रो उचाईमा पुराई दिएको छ ।
अमेरिकामा रहेकी रञ्जना तीन–चार बर्ष भईसकेको छ त्यहाँ बस्न लागेको । हाल उनी अर्कै पुरुषसँग नजिकिँदै गरेको विभिन्न अनलाईन पत्रिकाहरुले टिकाटिप्पणी गरेका छन् ।साभार : सौर्य दैनिक भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!