The Nepal Times

Hot Nepali News Updated Every Second

‘अश्लील’ भिडियो ८० घण्टामा १० लाख पटक हेरियो !

Published on Tuesday, 8 January 2013 12:37 //

एजेन्सी, पौष १८ । भारतका पञ्जाबी गायक ज्याजी बी र हनी सिंहको एक गीत इन्टरनेटमा राखेको मात्रै ८० घण्टामा १० लाख पटक हेरिएको छ । ‘दिस पार्टी गेटिन हट’ नामक उक्त गीतको भिडियो गएको २८ डिसेम्बरमा यु–ट्युबमा राखिएको थियो र यु–ट्युबमा राखिएको ८० घण्टामै भिडियो १० लाख पटक हेरिएको भारतीय सञ्चारमाध्यमाहरुले जनाएका छन् ।

तर, अर्कोतर्फ भारतमा उक्त भिडियोलाई लिएर विवाद सुरु भएको छ । समाचार एजेन्सी बीबीसीका अनुसार गायक हनी सिंह विरुद्ध अश्लील गीत लेखेको र गाएको विषयमा लखनउमा उजुरी दर्ता भएको जनाइएको छ ।

उक्त गीतमा कयौं स्थानमा आपत्तिजनक शब्दको प्रयोग भएको बीबीसीले जनाएको छ । यत्ति हुँदा पनि उक्त भिडियोले इन्टरनेटमा भने चर्चा बटुलिरहेको छ ।

त्यस्तै उक्त भिडियो जब सोसियल नेटवर्किङ साईटमा गयो त तब १० लाख बढी व्यक्तिले उक्त गीत शेयर गरेको जनाइएको छ । त्यस्तै उक्त भिडियो अहिलेसम्म एक सय ५० बढी देशमा हेरिईसकेको बताइएको छ । 

त्यस्तै उक्त भिडियो यु–ट्युबमा भारतभरमा सबैभन्दा बढी पटक हेरिएको भिडियो समेत बनेको दाबी गरिएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!