The Nepal Times

Hot Nepali News Updated Every Second

देखाउने जस्तो शरीर पनि चाहिन्छ मसँग छ देखाउछु!

Published on Tuesday, 8 January 2013 11:33 // ,

नायिकाका रूपमा पूजनाको सार्वजनिक जीवन सुरु भएको १० वर्ष वित्यो। यसबीच उनी विभिन्न स्क्यान्डलमा मुछिइन्। उत्तेजक र कामुक दृश्य दिन अलिकति पनि नहच्कने पूजना कहिले नाम फेर्ने, कहिले विकनी लगाउने, कहिले नेटकर्किङ व्यवसायसँग जोडिने र कहिले साधिकाका रूपमा ध्यान गरिरहेकी भेटिने भएकाले पनि सञ्चारमाध्यममा छाइरहेकी छिन्। पछिल्लो समय चलचित्र रक्षामा उनले दिएको अन्तरंग दृश्य धेरैका लागि जिब्रो टोक्ने कारण बन्यो। कुन्ती मोक्तानको 'म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर' गीत रुचाउने पूजना सञ्चारमाध्यममा आइरहेका कुनै पनि गसिपबाट प्रभावित देखिइनन्। चम्किला आँखा नचाउँदै पूजनाले यसपटक साप्ताहिकसँग आफ्नो सेक्स इमेजका बारेमा त कुरा गरिन् नै, आफ्ना जीवनका अति गोप्य कुरा पनि खोलिदिइन्। हिजो हामीले पूजा प्रधान भनेर लेख्नुपथ्र्यो, त्यसैमा बानी भइयो, आज पूजना भन्नुपर्दा गाह्रो हुन्छ, यसरी अप्ठ्यारो पार्न पाइन्छ ?लौ सुरुमै रिसाउनु पो भयो। नथर्काउनु न, प्लिज। जमिसकेको नाम फेर्नुपर्ने केही बाध्यता पो पर्‍यो कि भनेर सोचिदिनु न, कुरा सकिइहाल्यो नि। जन्मदेखिको नाम, त्यो पनि बजारमा चलिसकेको अवस्थामा किन फेर्नुपर्‍यो त ? हिरो चलचित्रबाट रेखा थापा र म सँगै यो फिल्मीनगरीमा छिरेका थियौं। रेखाजी एकपछि अर्को गर्दै माथि उक्लन थाल्नुभो, म जहाँको त्यहीँ। नामकै कारण म पछाडि परेँ भन्ने लाग्यो त्यसैले। जीवनमा सफलता-असफलताको कारण नाम हुन सक्छ र ? हुँदो रहेछ। हिन्दी चलचित्रमा पूजा भट्ट, पूजा वेदी, नेपाली चलचित्रमा पूजा चन्द, पूजा लामा कोही चलेनन्। मसँग अभिनय र नृत्य कौशल छ। म सौन्दर्यको हिसाबले पनि कम छैन्ा। यति हुँदाहुँदै पनि मैले त्यति चलचित्र पाइनँ, पाएका जति पनि चलेनन्। यो सबै नामकै कारण भएको हो भन्ने लाग्यो र परिवर्तन गरें। पूजना नाम राखेपछि पनि खासै जमेजस्तो त लाग्दैन ? जुन बेला पूजना नामबाट फोटोसेसन गरें, त्यो बम पड्केजस्तो धमाकेदार भयो। बिकिनी लगाएर खिचेको तस्बिर साइवर संसार र साप्ताहिकमा वर्षकै हिट तस्बिरका रूपमा छानिए। त्यो बेला कुनै दिन यस्तो भएन, जुन दिन मेरो तस्बिर पत्रपत्रिकामा नछापिएका हुन्। पूजना नामले त बबाल गर्‍यो । त्यो पूजना नाम राखेर होइन, विकनी लगाएकाले हिट भएको होइन र ? आखिर जे भए पनि हिट त भयो नि। त्यो बेला बिकनी लगाएर त्यसरी सेसन गर्ने म पहिलो नायिका थिएँ। नाम परिवर्तन गरेपछि केही धमाका गर्नुपर्‍यो भन्ने लाग्यो भने भाग्यले पनि साथ दियो। कपडा खोलेर चर्चा पाउनु पनि भाग्य हो र भन्या ? किन होइन ? मैले फोटोसेसन गरेपछि कतिले बिकनी लगाए, मेरो जति चर्चा कहाँ भयो र ? देखाउने मिल्ने बडी स्टक्चर पनि हुनुपर्छ। मसँग थियो र देखाएँ, अनि पो हिट भयो। के छ त्यस्तो तपाईंमा ? मेरो फेस नेपालीजस्तो छैन, ग्लोबल लुक्स छ। यस्तो लुक्स भएका युवतीलाई जस्तो पनि रूप दिन सकिन्छ। त्यसमाथि बडीको सेप पनि आकर्षक छ। मैले नै यस्तो फोटोसेसन गर्छु भनेर साइबर संसारसँग प्रस्ताव राखेको हुँ। सुरुमा उहाँहरू नै आत्तिनुभएको थियो। त्यसपछि पनि खासै जम्नुभएन, किन होला ? त्यसपछि लगातार चलचित्र पाइरहेकी छु नि। द निर्मला, श्रीमान्, पापी मान्छे-२ ले कति राम्रो चर्चा पायो। पैसा पनि कमाए। र्‍याम्प मोडलिङमा पनि उत्तिकै व्यस्त भएँ। अहिलेको अवस्थामा म सन्तुष्ट छु। अहिले चलचित्र रक्षामा दिएको अन्तरंग दृश्य धेरैले पचाउन सकिरहेका छैनन्, के भन्नुहुन्छ ? त्यो त केही होइन। म त राम्रो निर्देशकले आँटे भने नग्न दृश्य पनि दिन तयार छु। यसको अर्थ कथामा त्यो जबरजस्ती आएजस्तो नहोस्। टाइटनिकमा जस्तै सन्दर्भ मिल्ने हो भने म तयार छु। तपाईं आजभोलि ध्यान गर्न थाल्नुभएको छ, भगवानको भजन गाउनुहुन्छ र सादा जीवनमा विश्वास गर्नुहुन्छ। गफ भने यस्ता गर्नुहुन्छ, कुरा मिल्यो त ? अध्यात्मिक मेरो व्यक्तिगत जीवन हो भने कलाकारिता सार्वजनिक। कलाकारिता दर्शकको चाहनाबमोजिम चल्छ, किनभने दर्शकले त्यसका लागि मूल्य तिरेका हुन्छन्। ध्यान, भजन र योग म आफ्ना लागि गर्छु। पूजना प्रधानबाट पूजना स्त्री हुनुको कारणचाहिँ के हो ? संसारमा दुईवटा मात्र जात छ, एउटा पुरुष, एउटा स्त्री। संसार धेरै वर्गमा विभाजन हुनु हुँदैन भनेर स्त्री राखेको हो। भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!