The Nepal Times

Hot Nepali News Updated Every Second

प्रदर्शन अगावै विनिताको सिनेमा ‘सुपरहिट’

Published on Sunday, 20 January 2013 04:56 // ,

चलचित्र ‘चपली हाइट’ चलेपछि एकाएक चर्चाको शिखरमा पुगेकी नायिका बिनिता बराल अहिले हराए जस्तै छिन् । दोश्रो चलचित्र ‘फुलस्टप’ ले असफलताको स्वाद चाखेपछि विनिताको चर्चा सेलाएको थियो ।तर तेश्रो चलचित्रको गुपचुप छायांकन सकिएपछि नायिका बराल संचारमाध्यम सामु आएकी छिन् । नाम समेत सार्बजनिक नगरी छायांकन गरिएको चलचित्रको फस्ट लुक, प्रोमो तथा नाम सार्वजनिक गरिएको हो ।


मुभिज इन्पिmनिटी क्रियसनको व्यानरमा तयार भएको चलचित्रको नाम ‘सुपरहिट’ राखिएको छ । सामाजिक परिवेशमा तयार भएको यो चलचित्रलाई सौरभ ढकाल र निरञ्जन पाण्डेले निर्देशन गरेका हुन् । अरुण थापाको सह निर्माणमा तयार भएको चलचित्रमा बिनिताका अलवा शिशिर राना, मञ्जु श्रेष्ठका साथमा नव कलाकारहरु दिब्यदेव पन्त, सुदाम सीके, महेश त्रिपाठी लगायतको अभिनय छ ।
चलचित्रमा पटकथा संबाद निरञ्जन पाण्डे, बिनिता बराल र सौरभ ढकालले लेखेका हुन् । चलचित्रको फस्ट लुक सार्बजनिक कार्यक्रमा चलचित्रका कलाकार तथा निर्माणपक्षको सहभागीता थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!