The Nepal Times

Hot Nepali News Updated Every Second

भूवन केसीलाई केक खुवाउँदै रीमाले मनाइन् मलेसियामा जन्मदिन(फोटो फिचरसहित)

Published on Monday, 5 August 2013 21:03 // , ,

रामचन्द्र नेपाल, मलेसिया
मलेसियाको ठूलो चाड हरिरायको अवसरमा आयोजना हुन लागेको ‘रीमिक्स धमाका’मा सहभागी हुन नेपाली कलाकारहरुको टोली सोमबार यहाँ आइपुगेको छ । कलाकारहरुलाई आयोजक तथा पत्रकारहरुले एलसीसीटी एयरपोर्टमा स्वागत गरेका थिए ।

कार्यक्रममा भाग लिनका लागि नायक भुवन केसी, नायिका सुष्मा कार्की, नायिका तथा उद्घोषिका रीमा विश्वकर्मा, पप तथा गजल गायक शिव परियार, लोकदोहोरी गायक रामजी खाँड, लोकदोहोरी गायिका मुना थापामगर र हाँस्य कलाकार कमल गाउँले मलेसिया आइपुगेका छन् ।यसैबिच नायिका रीमा विश्वकर्माले मलेसियामा पुगेर आफ्नो जन्मदिन मनाएकी छिन् । उनले केक काटेर नायिका सुष्मा कार्की, नायक भुवन केसी र आफूसँगै गएका अन्य कलाकारहरुलाई खुवाएकी थिइन् । मलेसियामा जन्मदिन मनाउन पाउँदा निक्कै खुशी लागेको रीमाको प्रतिक्रिया थियो । भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!