The Nepal Times

Hot Nepali News Updated Every Second

राजेश हमालपछि बेनिशाको साथमा बागमतीमा पसे आर्यन

Published on Saturday, 3 August 2013 07:27 // ,

यसअघि ट्राफिक नियमको बिषयमा जनचेतना जगाउन गोगंबु बसपार्क पुगेका नायक आर्यन सिग्देल र नायिका बेनिशा हमाल शनिबार बिहान भने बागमती सफाइमा पुगेका छन् । शनिबार बिहान बागमती नदी सफाइका लागि पुगेका यि दुई अटोग्राफ र फोटो खिचाउनमा नै व्यस्त देखिएका थिए । उनीहरुले सिनेमा प्रचार भन्दा पनि धार्मिक महत्वको बागमती सफाइ गर्नु आफूहरुको दायित्व भएको बताएका छन् ।

 साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र महुशशका निर्माता कल्याण घिमिरे, निर्देशक नवल नेपाल पनि बागमती सफाइका लागि पुगेका थिए । चलचित्रमा केकी अधिकारीको पनि मुख्य भूमिका छ । यसअघि नायक राजेश हमाल लगायतका चर्चित अनुहारहरु पनि बागमती सफाइ अभियानमा सहभागी भइसकेका छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!