चट्यांगले जिउ ध्वस्त, स्तन जस्ताको तस्तै
Published on Wednesday, 9 January 2013
20:53 //
Wonder
सरीरमा चट्यांग पर्दा अरु सबै अंग क्षतविक्षत भयो तर स्तनमा कुनै क्षति पुगेन । के पत्याउनुहुन्छ ? सायद सरीरका अरु कडा भाग ध्वस्त हुँदा कोमल अंग अर्थात स्तन जस्ताको तस्तै रहन्छ भन्ने कुरा पत्याउनै नसकिने कुरो हो । तर आखिर अस्टेलियामा भयो यस्तै । चट्यांगले सरीरका अरु भाग डढाएपनि स्तनमा लछारपाटो लगाउन सकेन ।
अस्टेलियामा गएको हप्ता यो घटना घटेको रहेछ । भिक्टोरियाको याराओंगामा रहेको गि्रक सभ्यताकी देवी मानिने भेनस डि मिलोको मूर्तिको सिको गरेर स्थानीय एक मूर्तिकारले बनाएको ठूलो मूर्ति वा शालिकमाथि आकाश गर्जिँदा चट्यांग परेको थियो । मूर्तिकारका अनुसार उनले बनाएको उक्त शालिकमाथि चट्यांग पर्दा अरु भाग तत्कालै ध्वस्त भयो तर स्तनको हकमा भने केवल एउटा स्तनको मुन्टा भाँचियो र अरु ज्यूँ का त्यूँ छ । हरे कस्तो शक्तिशाली रहेछ देवीको वक्षस्थल ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला
|
|












0 comments