The Nepal Times

Hot Nepali News Updated Every Second

श्रीकृष्णको फिल्मलाई आकाश अधिकारीले निर्देशन गर्ने

Published on Wednesday, 9 January 2013 20:34 // ,


हिलो प्रोजेक्ट कहाँ भेटिएला बाटै हिट प्रोड्यूसरको ट्याग भिरेका अभिनेता श्रीकृष्ण श्रेष्ठले आफ्नो नयाँ फिल्म निर्देशनको जिम्मा आकाश अधिकारीलाई दिएका छन् । गौशाला पिङगलास्थान स्थित करोडौको लागनीमा कलिउड प्लानेटलाई भखैरै सञ्चालनमा ल्याएका श्रेष्ठले आफ्नो नयाँ फिल्म निर्देशनको सम्बन्धमा अधिकारीलाई हस्ताक्षर गराएका हुन्  ।

होम प्रोडक्सन द स्काई मुभिजबाट केटुटी (अर्थ नखुलाईएको प्रोजेक्ट) निर्माण तयारीमा जुटि रहेका अधिकारीले पनि आफ्नो प्रोजेक्टलाई केही महिना पर सार्दै श्रीको फिल्म निर्देशनमा जोश देखाएका छन् । अन्य मेकरहरुबाट पनि विभिन्न प्रस्ताव आएको थियो तर श्री जीसंग ट्यूनिङ मिलेकाले हामी यो प्रोजेक्टमा अघि बढ्न लागेका हौं', अधिकारीले फिल्मीखबरसंगको कुराकानीमा भने । चैत पहिलो साताबाट फ्लोरमा जाने बताईएको श्रीको अनटाईटल प्रोजेक्टमा स्वेता खड्का फाईनल भएकी छिन् भने अन्य काष्ट र क्रु भने फाईनल गर्न बाँकी छ ।

'अहिलेसम्म आकाश जीले स्वेता जीलाई फाईनल गर्नुभा'छ अरु भएपछि जानकारी गराउने छौ', श्रीले भने । श्रीका अनुसार यो फिल्ममा म्यूजिक तयार गर्ने काम शम्भुजित बाँस्कोटाको हुनेछ भने त्यसलाई कोरियोग्राफी गर्ने जिम्मा बसन्त कुमार श्रेष्ठको । झण्डै एक बर्ष फिल्मी दुनियाबाट केही सुस्ताएका श्रीले कर्मशियल शैलीमा समाजलाई सन्देश दिने प्रकृतिको फिल्म निर्माणमा आफू जुटेको बताएका छन् ।


श्रीसंगै कलिउड प्लानेट लन्चको तयारीमा स्वेता पनि ब्यस्त रहेकाले एक बर्ष फिल्मी दुनियाबाट उनी पनि टाढिएकी थिईन् । 'यहि कलिउड प्लानेटमा ब्यस्त भएकाले हामीले केही प्रोजेक्ट गर्न पाएनौ तर अब ब्यस्तता कम हुने भएछी हामी यो प्रोजेक्ट लिएर आउन लागेका हौं', फाईभ स्टार बराबारको सुविधा सम्पन्न आफ्नै कार्यालयमा श्रीले थप प्रष्टाए । श्रीको फिल्मका लागि गीत लेख्ने काम उनका हितैषी निर्देशक शिव रेग्मीले गरिरहेका छन् जसले स्क्रिप्ट करेक्सनमा पनि सहयोग गरिरहेका छन् । 'शिव दाईसंग किन फिल्म गरेन भन्ने प्रश्न उठ्ला तर त्यस्तो हैन उहाँ हाम्रो विशेष सल्लाहकार भएर हामीलाई गित लेखन र स्क्रिप्ट करेक्सनमा सहयोग गरिरहनु भएको छ', श्रीले भने ।

नोट : कलिउड प्लानेट भित्र फाईभ स्टारको सुविधा बराबरको होटल देखि लिएर एक पटकमा ३ हजार मान्छे अटाउन सक्ने ब्याङकेट हल, अत्याधुनिक जीम क्लव लगायत विभिन्न बच्चा देखि बृद्धसम्मले रमाईलो र आराम गर्ने सुविधाहरु छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!