The Nepal Times

Hot Nepali News Updated Every Second

बिनिताले खोल्न मानिनन्

Published on Wednesday, 9 January 2013 20:36 // ,


सुटिङ सकिएर पोस्टप्रोडक्सनमा पुगिसक्दा पनि नायिका बिनिता बरालले आफू अभिनित पछिल्लो फिल्मको नाम खुलाउन चाहिनन् । 'टाईटल देखि पोस्टर, प्रोमो र कलाकारहरू एक साता पछि एस्क्लुसिभ रूपमा रिलिज गर्ने योजना बनाएका छौं', बिनिताले प्रस्ट्याईन् ।

एक साता अगाडी १६ दिनमा सुटिङ प्याकअप गरेको जानकारी दिँदै बिनिताले फिल्मको नाम खोल्न नचाहेको बिषयमा फिल्मीखबरलाई प्रस्ट्याउँदै भनिन्, 'सबैलाई उत्सुकता होस् भनेर अहिले नाम नखुलाईएको हो ।' चैत्र महिनाको पहिलो साता तिर रिलिज गर्ने योजना बनाईएको यो फिल्मलाई निरञ्जन पाण्डे र सौरभ ढकालले संयुक्त रूपमा निर्देशन गरेका हुन् । मुभी इन्फिनिटीले निर्माण गरेको यो फिल्मलाई निर्देशक पाण्डेले नै सम्पादन गरिरहेका छन् ।


बिनिताको साथमा निर्देशकद्धयले नै बुनेको कथामा बिनिता मुख्य भुमिकामा छिन् । उनले आफू बाहेक अन्य कलाकार नयाँ रहेको र उनीहरूको इन्ट्रोडक्सन फस्टलुक रिलिज समारोहमा गरिने बताईन् । चित्लाङ, चिसापानी र काठमाण्डौ वरपर नै सुटिङ गरिएको यो फिल्ममा सुरेश राईको संगीत रहेको छ भने रूपन पौडेल र निरज कंडेलले फिल्मलाई खिचेका हुन् । दुई वटा गीत समावेश गरिएको सो फिल्मको एउटा गीत संगीतकार राईले लेखेको र अर्को एउटा बिनिता आफैले लेखेको बताईन् ।


भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!