The Nepal Times

Hot Nepali News Updated Every Second

मञ्जरीको प्रेस मिटमा रोए बाबु छोरा

Published on Monday, 14 January 2013 06:42 // ,


माघी मनाउन आफूले सुटिङ गरेको कालिमाटी स्थित परोपकार अनाथालय पुग्दा गौरव पहाडी निकै हर्षित थिए तर जव कार्यक्रम सुरु भयो उनका आँखाबाट आशु झर्न रोकिएन् । 
 
गौरव बोल्नु अघि उनका बाबु टिका पहाडीले केही शब्द बोलेका थिए जतिबेला आफ्नो काखे छोरो हिरो भएको स्पष्ट रुपमा उनले पाएपछि उनी भक्कानिए । 'पन्ध्र  बर्ष पछि मेरो फिल्म आउदैछ त्यो पनि छोरा हिरो भएको फिल्म', उनले भक्कानिदै यति भन्दा कार्यक्रम स्थलमा एक किसिमको शून्यता छायो यध्यपी पहाडीले आफ्नो गहभरीको आँशुलाई परेला भन्दा तल खस्न चाहि दिएनन् । 
 
त्यतिकैमा गौरवले आफ्नो पहिलो फिल्मको बारेमा जानकारी गराए । उनले बोल्ने क्रममा भने, 'मेरो ड्याडीले कहिलै पनि नाई भन्नु भएन मैले मागेको कुरामा र आज फिल्मको हिरो पनि भएको छु' यो भन्दै गौरव आँखाबाट आँशु खसल्दै बाबुको पाँउ छोएर ढोगे । गौरवको अपोजिट भएर सुजाता कोईराला लिड रोलमा छिन् जसले उत्कृष्ट टिम भएका कारण  उत्कृष्ट अभिनय गर्न आफूलाई सहयोग मिलेको बताईन् । 
 
चैत ९ देखि देशब्यापी रिलिज हुने यो फिल्मको 'के हुदैछ कुन्नी' बोलको गितको बाँकी रहेको ५० प्रतिशत सिआरबीटी संकलन रोयल्टीको अधिकार परोपकारलाई दिईएको छ । गत शनिबार मात्र सोही गितको सिआरबीटीबाट उठ्ने ५० प्रतिशत रोयल्टी रकम भक्तपुर काँडाघारी स्थित फ्यूचर होप अर्गनाईजेशनको भवन निर्माणका लागि दिईएको थियो । 
 
यस्तै मन्जरी यूनिटले सो अनाथालयलाई पाँच हजार नगद  सहयोग सहित करिब ४० जना बालबालिकालाई माघ एक गतेको अवसरमा खिचडी एवं घूयू चाकु खुवाएको थियो  । 'मैले गएको प्रोजेक्टमा गरेका कमी कमजोरीलाई पूर्ण रुपमा सुधारेको छु तसर्थ मेरो फिल्म दर्शकलाई मन पर्छ भन्ने विश्वास पनि छ',  निर्देशक गणेश देव पाण्डेले भने । उनी मालतीको भट्टी निर्देशन गरी फिल्म उद्योगमा डेब्यू गरेका हुन् । 
 
पोष्टर सार्वजनिकीकरण सहित टिमका काष्ट क्रुलाई पहिलो पटक औपचारिक कार्यक्रम गरी मिडिया फेस गराएको टुका ईन्टरटेन्मेन्टले एसोसिएट प्रोड्यूसरको रुपमा प्रदीप उदयलाई औपचारिक रुपमा अनुबन्ध गरिएको  पनि खुलाएको छ । उदय सहित यो फिल्मका अन्य दुई प्रोड्यूसर नरेश देव पाण्डे र महेश चालिसे हुन् । 
 
 
 
 
 
 
 
 
 
भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!