The Nepal Times

Hot Nepali News Updated Every Second

फरिया छोटो भएपछि सिम्पलको बजारमा चर्चा (भिडियो)

Published on Monday, 14 January 2013 06:40 //


मोडल सिम्पल खनालको फरिया छोटो भएपछि उनको चर्चा बजारभर चल्न थालेको छ । विपना धितालले आवाज दिएको ‘नक’ एल्बममा समावेश एक गीतमा सिम्पलको फरिया छोटो भएको हो । ‘मेरो फरिया छोटो भो’ बोलको गीतमा सिम्पलले चुलबुले अभिनय गरेकी छिन् ।टंक बुढाथोकीको संगीतमा समावेश यो गीतलाई दिनेश सुवेदीले लेेखेका हुन् । 
भिडियोको निर्देशन प्रदिप कसपालले गरेका हुन् । भिडियोमा अमृत सुनवारको छायांकन, गम्भिर बिष्टको नृत्य निर्देशन, प्रकाश तुलाधरको सम्पादन छ । यसभन्दा अघि विपनाले आवाज भरेको ‘के दिउँ’ बोलको गीत पनि चर्चित बनेको थियो । पनौती र त्रिभुवन विमानस्थल वरपर छायांकन गरिएको भिडियोलाई अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!