एक जिबिको मेमोरिकार्ड आफैंले दुईजिबि बनाउन सकिने
Published on Thursday, 17 January 2013
08:11 //
Hot,
Media,
News,
Technology
मेमोरी कार्डको प्रयोग अहिले सामान्य बनिसकेको छ। हाम्रो दैनिकीको अभिन्न अंग मेमोरी कार्ड पनि बनिसकेको छ। किनभने हाम्रा दैनिक प्रयोगका सबैजसो ग्याजेटमा यसको प्रयोग हुन्छ। फोटो खिच्न देखी भिडियो र गीत सुन्नका लागि पनि मेमोरी कार्डको प्रयोग अनिवार्य छ।
मोबाइल, ट्याब्लेट वा एमपीथ्री सबैमा गीत, भिडियो तथा तस्विर राख्नका लागि मेमोरीकार्डको प्रयोग भइरहेको छ। यस्ता कार्डहरु एक, दुई, चार, आठ देखी ६४ जीबी सम्मका पाइन्छन्। तपाइँको मोबाइलमा पहिले नै किनेको एक जीबीको मेमोरी कार्ड छ भने त्यसलाई बढाएर दुई जीबीको सम्म बनाउन सक्नुहुन्छ। त्यसका लागि त्यति धेरै गाह्रो प्रक्रिया अपनाउनु पनि पर्दैन। तपाइँ सजिलै एक जीबीको मेमोरी कार्डमा दुई जीबी सम्मका डाटा राख्न सक्नुहुन्छ।
मेमोरी कार्डको डाटा क्षमता एक जीबीबाट बढाएर दुई जीबी बनाउनका लागि तपाइँले आफ्नो मेमोरी कार्डलाई डेक्सटप या ल्यापटप कम्प्युटरमा जोड्नुपर्छ। कम्प्युटरमा डाटा क्षमता बढाउनु अगाडि यदी मेमोरी कार्डमा केही आवश्यक डाटा छ भने त्यसलाई कम्प्युटरमा ब्याकअप कपी राख्नुहोला। त्यसपछि साथै तपाइँले इन्टरनेटको सहायताले कम्प्युटरमा स्काइमेडी नामको सफ्टवेयर डाउनलोड गर्नुपर्छ। यो सफ्टवेयर कम्प्युटरमा इन्स्टल भएपछि यसको विण्डो आफै खुल्छ।
जहाँ तपाइँलाई फिक्स वा क्यान्सिल दुई विकल्प दिइएको हुन्छ। जसमा फिक्समा क्लिक गरेर गएपछि सफ्टवेयर प्यानलमा एउटा ब्राउज गर्ने विकल्प हुन्छ। जसमा ब्राउज गरेर मेमोरी कार्डलाई हाइलाइट गरेर फिक्समा क्लिक गरेपछि सफ्टवेयरले आफै काम गर्न थाल्छ।
फिक्स प्रोसेस समाप्त भएपछि मेमोरी कार्डलाई कार्ड रिडरबाट झिकेर फेरी जोड्दा मेमोरी कार्डको क्षमता २ जीबी देखिन्छ। जुन फिक्स गर्नु अगाडि हाइलाइट गर्दा एक जीबी देखिएको थियो। वास्तवमा यो सबै प्रक्रियामा स्काइमेडीले मेमोरी कार्डमा डाटा कम्प्रेसको काम गर्छ जसले गर्दा एक जीबीको डाटा अट्ने ठाउँमा २ जीबी सम्मको डाटा अटाउँछ । भिडियो हेर्न तल क्लिक गर्नुहोला
|
|












0 comments