The Nepal Times

Hot Nepali News Updated Every Second

कलाकारहरुलाई जेलमा कोच्यो प्रहरी प्रशासनले, (भिडियो र फोटो)

Published on Thursday, 17 January 2013 17:24 // , ,

चलचित्र बिकास बोर्डमा चलचित्र क्षेत्रकै व्यक्तिको नेतृत्व हुनु पर्ने लगायतको माग राखेर आन्दोलनमा उत्रिएका चलचित्रकर्मीहरुले आज छैटौँ दिन सिंहदरबारको पूर्वीगेटमा आन्दोलन गरेका छन् । शान्तिपूर्ण आन्दोलनमा उत्रिएका चलचित्रकर्मीहरुको आन्दोलनका क्रममा प्रहरीले  हस्तक्षेप गरेको छ । आफ्नो माग पूरा गराउनका लागि विभिन्न किसिमका नाराहरु लगाएर उत्रिएका चलचित्रकर्मीहरु माथि प्रहरीले हस्तक्षेप गरेको हो । केही समय आन्दोलन गरेर फर्किने क्रममा चलचित्रकर्मीहरुलाई प्रहरीहरुले विना कारण हस्तक्षेप गरेका हुन् । हस्तक्षेपमा कुनै अप्रिय घटना नभएपनि केही तनाब भने भएको थियो । राष्ट्रिय चलचित्र संरक्षण मञ्चले नेतृत्व गरिरहेको आन्दोलनमा चलचित्रसँग सम्बन्धित अन्य दशवटा प्रमुख संस्थाले साथ दिएका छन्
 Photo Video By Dipesh Rajtharu               


भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!