गुप्ताङ्गभित्र हेरोइनका सुइ !
Published on Tuesday, 15 January 2013
05:41 //
Wonder
तस्करी गर्ने शैली पनि विचित्रकै हुँदो रहेछ । अमेरिकामा एक जना महिलाले आफ्नो गुप्तांगभित्र राखेर लागु औषध हेरोइनका सुइ तस्करी गर्दै गर्दा पक्राउ परेकी छिन् । केन्टकी राज्यकी जेसिका वेब्सटरलाई नियमित चेकजाँचकै क्रममा सुरक्षाकर्मीहरुले शंका लागि केरकार गर्दा गुप्तांगमा लागु औषधका सुइ राखेको पत्तो लागेको हो ।
जेलकी कर्मचारी समेत रहेकी २९ वर्षीया जेसिका पेसेवर अपराधि भएको बताइएको छ । यद्यपि महिला लागु औषध अपराधीले योनी भित्र लागु औषध राखेर तस्करी गर्ने गरेको कुरा नौलो होइन । तर योनीभित्र सुइ नै राखेर तस्करी गरेको भने नौलो भएको बताइएको छ ।
सुरक्षाकर्मीहरुसँग उनले आफुले आफ्नै लागि सेवन गर्न योनीमा हेरोइन लुकाएको दाबी गरिन् । आफु लागु औषधको सेवनकर्ता रहेको उनको भनाइ थियो । योनीभित्र हेरोइन युक्त सुइ तस्करी गर्ने कार्यमा संलग्न जेसिकामाथि छानविन भैरहेको बताइएको छ ।
स्मरण रहोस् गएको वर्ष अमेरिकाको मिनिसोटामा एक महिलाले गुप्तांगमा लुगाएको लागु औषध चेकजाँचका क्रममा कुकुरले फेला पारेको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला|
|












0 comments