The Nepal Times

Hot Nepali News Updated Every Second

कतारमा कलिउडको भव्य प्रिमियर (फोटो फिचर)

Published on Saturday, 12 January 2013 07:07 // ,


हजारौं दर्शक माझ शुक्रबार बिहान फिल्म 'कलिउड'को कतारको दोहा सिनेमा हलमा रेड कार्पेट प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मका निर्देशक नवराज आचार्य, नायकद्धय आर्यन सिग्देल र बिष्णु कार्की, नायिका प्रियंका कार्की, सिनेमाटोग्राफर हरि हुमागाईं तथा निर्माताद्धय नरेन्द्र सिंह ठकुरी र बिशाल श्रेष्ठ उपस्थित थिए ।

दर्शकसँगै बसेर फिल्म हेरेकी नायिका प्रियंकाले राम्रो प्रतिक्रिया पाएको बताईन् । फिल्मीखबरसँग कुरा गर्दै नायिका कार्कीले भनिन्, 'बिदेशमा यसरी प्रिमियर हुनु र नेपाली दर्शकसँग बसेर फिल्म हेर्न पाउनु मेरो लागि खुसीको कुरा हो ।' उनले कतारमा रहेका दर्शकका लागि आफ्नो पहिलो फिल्म रहेको बताउँदै सबैको माया पाएको बताईन् । यता निर्देशक आचार्यले पनि आफ्नो पहिलो कामलाई दर्शकले रूचाएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण दर्शक तथा निर्माण युनिटलाई धन्यवाद दिए ।

नायक बिष्णु कार्कीले पनि आफ्नो कामलाई रूचाएको बताउँदै आगामी दिनमा अझ राम्रो काम गर्ने प्रेरणा तथा हौसला मिलेको बताए । नायक सिग्देलले दर्शकहरूको कलिउड प्रतिको उत्साह देख्दा खुसी व्यस्त गर्दै भने, 'यसरी नै नेपाली फिल्मलाई माया गर्दै जाने हो भने हामीलाई अझ राम्रो काम गर्ने हौसला मिल्छ ।' जि वान क्रिएसनको ब्यानरमा टंक कार्कीले समेत लगानी गरेको यो फिल्मले नेपाली फिल्म उधोगको कथा बोकेको छ । यो फिल्म नेपालमा माघ ५ गते रिलिज हुँदैछ ।

 







भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!