The Nepal Times

Hot Nepali News Updated Every Second

ताला लगाउने मुख्य कार्यक्रममा किन ढिला आए अगुवा ?

Published on Wednesday, 9 January 2013 05:19 // ,


आन्दोलनका मुख्य अगुवानै ताला लगाउने जस्तो मुख्य कार्यक्रममा नआउदा उपस्थित फिल्मकर्मीमा केही निराश देखिन्थ्यो यध्यपी सम्पूर्ण तीन प्रवेशद्धारमा तालमा मारेपछि भने नीर शाह बोर्ड परिसरमा टुप्लुक  देखिए । 
 
दश बजे देखि सुरु भएको नारावाजी साढे दश बजे ताला लगाउने कार्यक्रममा पुगी साढे एघार बजे सकिएको थियो जतिबेला शाह बोर्ड परिसरमा देखिए । उनी आफ्नी बुहारीलाई एयरपोर्ट ड्रप गर्न गएका कारण समयमा आउन नपाएको तर्क दिदै थिए तर अगुवानै समयमा नआउदा कार्यक्रम स्थलमा आलोचना पनि  भएको थियो उनको  ।
 
राष्ट्रिय चलचित्रकर्मी मञ्चका अध्यक्षका रुपमा आन्दोलनलाई अगुवा भएर डोर्याईरहेका शाहलाई बिकास बोर्डको अध्यक्ष बनाउनु पर्छ भन्ने करिब सर्वसम्मत मत फिल्मनगरीमा उठिरहेको छ । 
भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!