ऋण नतिरेपछि आलोकश्रीको नाम कालो सुचिमा
चर्चित संगीतकार आलोक श्रीले बैंकबाट लिएको रकम चुक्ता नगरेपछि उनलाई कालोसुचिमा राखी ३५ दिने म्याद बैंकले दिएको छ । किष्ट बैंकले आलोकश्रीको सक्कली नाम सुर्यकुमार खातीकै नाममा तीन पुस्ते बिवरण र तस्बिरसहित बिहिबार एक दैनिक पत्रिकामा सुचना प्रकाशित गरेको हो ।गोरखाका सुर्यकुमार खाती सांगीतिक क्षेत्रमा आएपछि आलोक श्री नामले चिनिएका हुन् ।
उनले वि.सं २०५३ साल भदौ ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको किङडम स्टार इङलिस स्कुल संचालनका लागि ऋण लिएका थिए । तर उक्त ऋण नतिरेपछि बैंकले विहिबार ३५ दिने सुचना जारी गरेको हो । उक्त मितिमा समेत ऋण चुक्ता नगरेको खण्डमा बैंकले आलोक श्रीको किटिनी वार्ड नं १ मा रहेको रहेको १ रोपनपी ९ आना जग्गा र त्यसमा रहेको घर यस्तै ललितपुरकै बाडेगाउँमा रहेको घरजग्गा लिलाम गर्ने छ । भिडियो हेर्न तल क्लिक गर्नुहोला
|
|












0 comments