संचारमन्त्रीले पप्पुलाई बोर्डमा पठाउने पक्का
Published on Thursday, 10 January 2013
10:05 //
Latest News,
Media
संचारमन्त्री राजकिशोर यादवले चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा धमेन्द्र मरहथ्वा ‘पप्पु’ लाई पठाउने पक्का भएको छ । यादव निकट श्रोतका अनुसार, संचारमन्त्रीले अब बस्ने मन्त्रीपरिषद्को वैठकमा पप्पुको नाम सिफारिश गर्ने निर्णय गरेका हुन् । पप्पु को नाममा निर्णय गरी संचारमन्त्री बिहिबार बेलुकी मन्त्रालयबाट बाहिरिएका छन् ।चलचित्र बिकास बोर्डमा अध्यक्ष पद रिक्त रहेको ४ महिना भैसक्दा पनि नयाँ व्यक्ति चयन हुन सकेको छैन । संचारमन्त्रीले चलचित्र बिकास बोर्डमा चलचित्र क्षेत्र बाहिरका व्यक्तिलाई लैजान पक्का भैरहेको समयमा चलचित्रकर्मीहरु भने चलचित्र क्षेत्रकै व्यक्तिको पक्षमा आन्दोलन गरिरहेका छन् । नायिका रेखा थापाको नाममा चलचित्रकर्मीहरुले नै विरोध जनाएपछि पप्पु बोर्ड अध्यक्ष बन्ने पक्का जस्तै भएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोला
|
|












0 comments