The Nepal Times

Hot Nepali News Updated Every Second

मञ्चमा नांगिने कलाकारलाई छातिमै टोकिन् युवतीले (फोटोफिचर सहित)

Published on Wednesday, 16 January 2013 09:48 //


एक जना चिनिया कलाकारलाई हालै एक स्टेज कार्यक्रमका दौरान एक युवतीले सयौँ पटक टोकिन् भने उत्तिनै पटक ती कलाकारको नांगो छालामा चुम्बन गरिन् ।
झण्डै निर्वस्त्र भएर स्टेज कार्यक्रममा प्रस्तुत भएका ती कलाकारलाई ती युवतीले नांगो छाति, पेट र पाखुरामा सार्वजनिक रुपमै टोक्ने तथा चुम्बन गर्ने काम गरेकी हुन् ।

ग्वान्झाउमा भएको उक्त कार्यक्रमका बेला कलाकार कांग यी लगभग निर्वस्त्र भएरै मञ्चमा प्रस्तुत भएका थिए । कार्यक्रमका दौरान एक छात्राले ती कलाकारलाई झण्डै डेढ घण्टा सम्म कहिले टोक्ने त कहिले ओँठले चुम्बन गर्ने गरिन् । कार्यक्रमको अन्त्यमा ती कलाकारलाई पानी राखिएको भाँडोमा नांगै चोपलियो ।
विवादास्पद कला तथा प्रस्तुतीका लागि चर्चित कलाकार यी ले लुगाको नाममा सेतो बिकिनी जस्तै अन्डरवेयर मात्र लगाएका थिए । भने हातलाई डोरीले बाँधेर ताराको जस्तो आकृति पारेका थिए । उनले झण्डै आधा घण्टासम्म लाइभ प्रस्तुती प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम प्रत्यक्ष रुपमा हेर्न केही दर्जन मानिस हलमा उपस्थित थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!