The Nepal Times

Hot Nepali News Updated Every Second

१३ बर्षीय बालकले गाडी चोरेर दुई देश कटाए

Published on Sunday, 13 January 2013 07:07 //


इटलीमा एक १३ बर्षीय बालक आफ्नो परिवारलाई भेट्न घरबाट बाबुको कार लिएर भागेका छन् । उनले त्यसक्रममा १ हजार किलोमिरट यात्रा गरेका छन् ।
इटली हुँदै अष्ट्रिया पार गरेका उनी जर्मनीको सीमातर्फ अघि बढिरहेका बेला पक्राउ परेका छन् । परिवारले इन्टरपोल र प्रहरीलाई खबर परेपछि उनी पक्राउ परेका हुन् ।
ती युवकलाई २ वर्ष पहिले इटलीको एक परिवारले धर्मपुत्र बनाएको थियो । आमासँग मोबाइल फोनको विषयमा झगडा भएपछि उनी मूल आमा-बाबुलाई भएको स्थानतर्फ भागेका हुन् । यसअघि समान्य सवारी चलाउने ती युवकले बाबुको हाई पावर मर्सिटिज गाडी हुइक्याएका हुन् ।
समाचारहरुमा जनाइअनुसार उनी आफ्नो वहिनीलाई निकै सम्झिहेका थिए र उनलाई भेट्न पोल्याण्ड जाँदै थिए । प्रहरीले भने अन्तराष्ट्रिय सीमा पार गर्नु र सवारीमा दुई पटक तेल हाल्नुलाई आश्र्चयजनक मानेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!