The Nepal Times

Hot Nepali News Updated Every Second

चलचित्रकर्मी र प्रहरीबिच झडप, सयौं गिरफ्तार (फोटो फिचरसहित)

Published on Thursday, 17 January 2013 07:17 // , ,


विभिन्न ९ बुादे माग राख्दै चरणबद्ध आन्दोलनमा लागेको चलचित्रकर्मीलाई प्रहरीले विहिबार चलचित्र बिकास बोर्ड परिसरबाट गिरफ्तार गरेको छ । गिरफ्तारमा परेका सम्पूर्ण चलचित्रकर्मीलाई प्रहरी प्रभाग गौशालामा दिनभर राखेर बेलुकामात्र छोडेको छ । चलचित्र बिकास बोर्डमा पौष २५ गते चलचित्रकर्मीले लगाएको ताला वुधबार प्रहरीले फोडेको थियो । ताला फोडिएपछि आक्रोशित चलचित्रकर्मीहरु विहिबार बिहान पुनः ताला लगाउन बोर्ड पुगेक थिए । नारा जुलुस सहित बोर्ड परिसर प्रवेश गरेका चलचित्रकर्मीलाई प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेप पश्चात पनि चलचित्रकर्मीले ताला लगाएका थिए ।
ताला लगाईसके पश्चातः रिले अनशनमा बस्न लागेका चलचित्रकर्मीमाथी प्रहरीले धरपकड गरेको हो । धरपकडमा नायिका मौसमी मल्ल, निर्देशक शंकर घिमिरे, चलचित्र निर्माता संघका सचिब सुरेश दर्पण पोखरेल घाइते भएका छन् । प्रहरीले रिले अनशनमा बस्न नपाईने भन्दै चलचित्रकर्मीलाई भ्यानमा हालेर गौशाला प्रहरी प्रभागमा लगेको हो । प्रहरीसागको झडपमा चलचित्र बिकास बोर्ड परिसरमा रहेका गमला समेत फुटेका छन् ।
प्रहरीले नायिका करिश्मा मानन्धर, सुमिना घिमिरे, पुजना स्त्री मौसमी मल्ल, अभिनेत्री बसुन्धरा भुषाल, कलाकार संघका अध्यक्ष नबल खड्का, द्धन्द कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, श्याम भट्टराई, एमएस अंग्रज, निर्देशक समाजका अध्यक्ष बिमल पौडेलगायतका चलचित्रकर्मीलाई गिरफ्तार गरिएको हो । यस्तै समाचार संकलनमा पुगेका अनलाइनखबरका बिजय आवाज र अर्का पत्रकार अनुप भट्टराइलाई गिरफ्तार गरेको छ ।
 रिले अनशनमा बसेका पनि गिरफ्तार
प्रहरीले रिले अनसनमा बसेका अन्य ६ जना कलाकाहरुलाई पनि गिरफ्तार गरेको छ । रिले अनशनमा बसेका निर्देशकहरु सुरेश दर्पण पोख्रेल, सुवास गजुरेल, कुमार सिलवाल, बरिष्ठ कलाकार लक्ष्मी गिरी, नायक मुकेश ढकाल, र नायिका ऋचासिंह ठकुरीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
डिएसपी भन्छन्- मानवअधिकार म वुझ्दिन
यसैबिच चलचित्रकर्मीको आन्दोलनलाई नियन्त्रण गर्न पुगेका प्रहरीहरुको कमान्ड गरिरहेका डीएसपी मनोज कुमार केसीले आफुलाई मानवअधिकारको बारेमा थाहा नभएको बताएका छन् । शान्तिपूर्ण रिले अनशनमा बसिरहेका चलचित्रकर्मीलाई हस्तक्षेप गरेपछि चलचत्रिकर्मीहरुले रिले अनशनमा बस्न पाउनु आफुहरुको अधिकारी भएको बताएका थिए । तर डीएसपी केसीले आफुलाई मानअधिकारको बारेमा केही थाहा नभएको बताउदै अनशनकारीलाई भ्यानमा हालेका थिए ।
यसैबिच आन्दोलनरत चलचित्रकर्मीलाई प्रहरीले व्यापक धरपकड गरि गिरफ्तार गरेपछि मानवअधिकारकर्मीकहरु गौशाला पुगेका थिए । गौशाला प्रहरी प्रभागमा मानवअधिकार आयोगका तर्फबाट सुदिप पाठकको एक टोली पुगेको हो । उनीहरुले चलचित्रकर्मीको आन्दोलन र रिले अनशनमा प्रहरीले गरेको हस्तक्षेपका बिषयमा जानकारी लिएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!