The Nepal Times

Hot Nepali News Updated Every Second

पीडितले पनि बलात्कारको मजा लीन सक्छिन्”-न्यायाधीश

Published on Sunday, 20 January 2013 11:25 // , ,


जुनसुकै देशको कानूनी ब्यवस्थामा न्यायाधिशको स्थान सबै भन्दा मानथी मान्ने गरीन्छ । भनिन्छ कि न्यायाधिश एक भगवनान जसरी फैसला गर्ने गर्छन । तर ईण्डोनेशीयाको राजधानी जकार्तामा एक न्यायाधिश साहेबले साक्षात्कारका क्रममा बलात्कार मामलामा यस्तो अभद्र टिप्पणी गरेका छन कि सबै शिर लाजले झुक्न बाध्य भयो । मामला ईण्डोनेशीयाको  सुप्रिम कोर्टमा निुत्तः हुन आकांक्षी एक न्यायाधीशको साक्षात्कारको हो ,,जाहाँ उक्त न्यायाधिशले बलात्कार पीडित महिलाको सन्दर्भमा सबै सीमा नाघ्दै एक अभद्र मजाक गरे । न्यायाधिशले भने–“पीडितले पनि बलात्कारको मजा लीन सक्छिन्”  

अंतरा न्यूज एजेन्सिका अनुसार न्यायाधिश मुहम्मल दामिंग सनुसीले एक संसदीय समिती समक्ष यो बेतुक र आपत्तिजनक मजाक गरेका हुन् । देशको सबै भन्दा ठूलो अदालतमा नियुक्तिका लागी ति न्यायाधिश सनुसी साक्षत्कारमा उपस्थित भएका थिए । साक्षात्कारका क्रममा बलात्कारका पीडकलाई मृत्यू दण्ड दिनु उचित हो कि हाईन भनि सोधीएको सवालमा सनुसिले भने– “हुन सक्छ कि बलात्कारी र पीडित दुबैले त्यसको मजा लिएका हुन सक्छन,,यस्तोमा मृत्यूदण्डको सजायबारे दुई पटक सोँचनु जरुरी छ”  

न्यायाधीश सनुसीको यस्तो बेतुक कुरा सुनेपछि साक्षात्कारमा उपस्थित केहिले यस्को कडा आलोचना गरे भनेँ केहिले गंभिर मजाक भनि टिप्पणी गरे । जब सनुसीको यो मजाक सोसल नेटवर्किङ् वेबसाईटमार्फत सार्बजनिक भयो तब देशभर बिरोध शुरु भयो । मान्छेहरुले यस्तो ब्यक्तिलाई शिर्ष अदालतको न्यायाधीश बनाउन नहुने बताएका छन् । यतिमात्र नभई कतिपयले त यस्तो न्यायायाधीशलाई गोली हानी मार्न सल्लह दिएका छन् । 

चौतर्फि आलोचना हुन थालेपछि सनुसीले आँफ्नो बयानलाई लिएर माफि माग्दै भनेका छन–“साक्षात्कारमा म तनाब कम गर्नका लागी मजाकमा उत्रिएको हुँ र समितीका सदस्यले पनि यस्लाई मजाक नै सम्झिएका थिए । एजेन्सि
भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!