The Nepal Times

Hot Nepali News Updated Every Second

साहरुखले नेपाल र नेपालीलाई सम्बोधन गर्दै भने, ‘चेन्नाई एक्सप्रेस’ हेर्न नबिर्सनुहोला (भिडियो)

Published on Friday, 2 August 2013 08:55 // ,

बलिउड नायक साहरुख खान यतिबेला चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनका लागि विश्वव्यापी दौडमा छन् । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान र दीपिका पादुकोणलाई देख्न सकिन्छ ।चलचित्रको प्रमोशनका लागि लण्डन पुगेका बलिउडका बादशाह साहरुख खान र नायिका दीपिका पादुकोणले सम्पुर्ण नेपालीलाई ‘चेन्नाई एक्सप्रेस’ हेर्न नविर्सनुहोला भन्दै आग्रह गरेका छन् ।
दि नेपाल टाईम्सलाई प्राप्त भिडियोमा साहरुखले भनेका छन्, ‘मेरो चलचित्र ‘चेन्नाई एक्सप्रेस’ नेपालमा अगष्ट ९ देखि प्रदर्शन हुँदैछ, हेर्न नविर्सनुहोला ।’
यो चलचित्र विश्वका ६० देशमा एकैसाथ प्रदर्शनमा आउदैछ । बलिउडमा यो चलचित्रलाई यो बर्षकै बीग रीलिजको रुपमा हेरिएको छ । चलचित्रको नेपाल प्रदर्शन जिम्मा दर्शना आर्टस्ले लिएको छ । यसैपछि चलचित्रको बिहिबार बेलुकी विशेष पत्रकार शो पनि गरिने भएको छ । चलचित्रको पत्रकार शो काठमाण्डौको बीग सिनेमामा गरिनेछ । यस्तै अगष्ट ११ अर्थात आइतबार बाढीपिडितका लागि चलचित्रको च्यारेटी शो पनि गरिनेछ ।
अहिले बलिउडका चर्चित कलाकारहरु नेपालमा सिनेमा प्रदर्शन हुँदा उत्सुकताका साथ नेपालीलाई सम्बोधन गरिरहेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!