कुबेत आएका तीन नेपाली कामदारको सडक दुर्घटनामा परी ज्यान गएको छ भने एकको हत्या ।
Published on Thursday, 1 August 2013
21:08 //
Breaking News
कतार, १८ साउन । वैदेशिक रोजगारका लागि कुबेत आएका तीन नेपाली कामदारको सडक दुर्घटनामा परी ज्यान गएको छ भने एकको हत्या भएको छ । कुबेतस्थित नेपाली राजदूत मधुवन पौडेलका अनुसार जुलाई ३० को राति अरेबियन गल्फ स्ट्रिटको मरिना मलनजिकै बाटो काट्ने क्रममा सवारीले ठक्कर दिँदा तीन नेपालीको मृत्यु भएको हो ।
घटनामा अर्का एक गम्भीर घाइते छन् । मृत्यु हुनेमा मदनपोखरा पाल्पाका विष्णुबहादुर मश्ररंगी, खुदुनाबारी झापाका झरेन्द्रप्रसाद आचार्य, पुरान्धारा दाङका भूपाल ओली हुन् । घाइते हुने पुरान्धारा दाङका वीरबहादुर गाहाको उपचार जारी छ । उनीहरू तीनै जना बुधाई गु्रपअन्तर्गत अल एन्जानमा रेस्टुरेन्टमा काम गर्थे । ‘नपाउने स्थानबाटै बाटो काट्दा तीव्र गतिमा आएको सवारी साधनले ठक्ठर दिँदा उनीहरूको घटनास्थलमै ज्यान गयो,’ राजदूत पौडेलले भने, ‘उनीहरू ड्युटी सकेर घुम्न निस्केका रहेछन् ।’
दूतावासले पीडित परिवारलाई जानकारी दिन काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा जानकारी दिइसकेको जनाएको छ । क्षतिपूर्तिका लागिसमेत आवश्यक पहल गर्ने उनले बताए । उनीहरू काठमाडौंस्थित रिभर ओभरसिजबाट कुबेत आएका हुन् । तीन जना डेढ वर्ष पहिले र पाल्पाका विष्णुबहादुर २८ दिनअघि आएका हुन् । यसैबीच घरमा काम गर्ने महोत्तरीका लालबाबु यादवको गत शुक्रबार हत्या भएको
छ । हत्या अभियोगमा प्रहरीले सहकर्मी एक सुडानी नागरिकलाई पक्राउ गरेको छ । ‘सुडानी र यादव एउटै घरमा काम गर्थे, अरू नभएका बेला विवाद हुदा सुडानीबाट हत्या भएको जानकारीमा आएको छ,’ पौडेलले भने ।
|
|












0 comments