The Nepal Times

Hot Nepali News Updated Every Second

कुल ९५ मिनेटको चलचित्र। २२ मिनेट यौनदृश्य। प्रसंग हो, चलचित्र बी.ए. पासको ' भिडियो सहित'

Published on Monday, 12 August 2013 06:37 //

कुल ९५ मिनेटको चलचित्र। २२ मिनेट यौनदृश्य। प्रसंग हो, चलचित्र बी.ए. पासको। प्रदर्शनअघि नै यसको चर्चा चुलिएको छ। 'चक दे इन्डिया' फेम शिल्पा शुक्लाको बोल्ड भूमिकाले यो चलचित्रलाई रातारात हिट बनाएको हो। बलिउडमा अहिलेसम्मको सबैभन्दा कामुक चलचित्रको दर्जा दिइएको छ, बी.ए. पासलाई। बोल्डनेसका कारण सुरुमा शिल्पाले चलचित्रको प्रस्ताव अस्विकार गरेकी थिइन्। यद्यपि आफ्नी आमासँग कुरा गरेपछि भने उनी यो चलचित्रमा काम गर्न राजी भइन्। चर्चित लेखक मोहन सिक्काको लघुकथा 'द रेल्वे आन्टी' मा आधारित यो चलचित्रको संवाद बोल्न तथा अन्तंरग दृश्य दिन केही कठिनाइ भएको शिल्पाले वताएकी छिन्। अजय बहलले यो यौनकेन्दि्रत चलचित्रलाई कलात्मक रूपमा प्रस्तुत गरेको बताइन्छ।
 निर्देशक महेश भट्टले समेत चलचित्रको प्रशंसा गर्दै भनेका छन्- 'प्रायः चलचित्रको छाप दर्शकको मस्तिष्कमा एक सातासम्म रहन सक्छ। यद्यपि यो चलचित्रलाई उनीहरूले २०-२५ वर्षसम्म सम्झिरहनेछन्।' सन् २०१२ को दक्षिण एसियाली चलचित्र समारोहलगायत अन्य केही पुरस्कारसमेत हात पारिसकेको यो चलचित्रको व्यावसायिक प्रदर्शन यही साता प्रारम्भ हुने बताइन्छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!