सुनिल थापा अनसनमा उत्रिने (सडक नाटक फोटो फिचर सहित)
Published on Sunday, 13 January 2013
09:09 //
Latest News,
Media
.jpg)
सरकारले आन्दोलनप्रति बेवास्ता जनाएपछि राते काईला आक्रोशित भएका छन् । आन्दोलनको पाँचौ दिन आज दिउँसो नयाँ बानेश्वर मुख्य चौकमा भएको संचारमन्त्रीको ब्याग्यात्मक नाटक प्रस्तुती पश्चात सुनिल थापाले एक हप्ता भित्र यो आन्दोलनलाई सरकारले नसुने आन्दोलनलाई डोर्याईरहेका संघसंस्थाका अध्यक्ष सहित आफू आमरण अनसनमा उत्रिने चेतावानी दिएका छन् ।
आन्दोलनको पाँचौ दिन जोशिएर आएका थापाले सडकमै आफ्नो निर्देशनमा फिल्म सुटिङ समेत गरे । उनले एक महिना अघि सञ्चारमन्त्री राजकिशोर यादवले आश्वासन दिदै तोडेको अनसनलाई ब्याग्यात्मक रुपमा फिल्म खिचेका थिए । ब्याग्यात्मक फिल्मलाई सहयोग गर्न निर्देशक समाजका सचिव एम.एस. अग्रजले सञ्चार मन्त्री राजकिशोर यादव बनेर अभिनय गरेका थिए भने अनसनकारी चाहि कलाकार संघका अध्यक्ष नवल खड्का, नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रिन र महिला चलचित्रकर्मी मञ्चकी अध्यक्ष मौसमी मल्ल थिईन् ।
मुख्य चौकमा करिब आधा घण्टा सवारी साधन आवत जावतलाई ठप्प पारी गरिएको ब्यग्यात्मक सुटिङ्म क्यामेराको स्वीच अन निर्माता संघका अध्यक्ष राजकुमार राईले गरेका थिए भने साउन्ड म्यान भएर चलचित्र संघ अध्यक्ष राजकुमार पोखरेल र क्ल्याप ठोक्ने काम बसुन्धरा भुषालले गरेकी थिईन् । सरकारसंग भएका चार बुदे सहमतिलाई याथसिघ्र पालना नगरे निर्णयको अधिकार आफूहरुमा पनि रहेको भन्दै कलाकार संघका अध्यक्ष खड्काले अधिकार मागेर नपाए खोसेर लिने बताए । नवलको उक्त भनाईले सरकारले चलचित्र बिकास बोर्डमा विज्ञ ब्यक्ति नियुक्त गर्न अझै केही दिन ढिला गरे आफूहरुबाटै एक ब्यक्तिलाई बिकास बोर्डको अध्यक्ष बनाउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने झल्काएको थियो ।
यस्तै निर्माता संघका अध्यक्ष राजकुमार राईले पनि सम्बोधन गर्दै महिनौ देखि रिक्त रहेको चलचित्र विकास बोर्डमा अध्यक्ष नियुक्त गर्ने नाममा विज्ञ ब्यक्ति नल्याएको खण्डमा स्वीकार्य नहुने बताए । यो आन्दोलन ११ वटा संस्थाले गरेका हुन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
|
|
.jpg)











0 comments