पानी नचल्ने गाएकलाई भेट्दा आँशु झर्यो उनको
Published on Saturday, 12 January 2013
09:58 //
Gossip
२८- गीत-संगीतप्रतिको मेरो लगाव बच्चा देखि कै हो। सानैदेखिको लगाव भए पनि ०५२ बाट मात्र औपचारिक रूपमा संगीत क्षेत्रको थालनी गरेँ। सुरुका समयमा यो क्षेत्रमा चर्चा पाउन गार्हो हँदो रहेछ। मेरा हकमा पनि त्यो लागू भयो । संर्घषकै क्रममा ६ वर्ष बिताइसकेपछि मात्र यो क्षेत्रमा मेरो विस्तारै चर्चा हुन थाल्यो। त्यो समय ०५८ तिर होला । 'मैले छोएको पानी चल्दैन' बोलको मेरो गीत बजारमा आयो । यसै गीतबाट सबैमाँझ चिनिन सफल पनि भएँ । चारै तिर बाट गीतको प्रशंसा गर्ने र मेरो तारिफ गर्ने फोन आउन थाल्यो । यसै बेलादेखि नै मैले मेरा फ्यान पनि रहेछन् भन्ने अनुभूति गरेँ । अविवाहित हँदै गायन क्षेत्रमा प्रवेश गरेको मैले चर्चा पाउँदा विवाह भएर पनि एउटा छोरा भइसकेको थियो । मैले अहिलेसम्म पाएको फ्यानको हिसाबले भन्ने हो भने म आफूले आफै लाई भाग्यामानी पनि ठान्दछु । मैले छाएको पानि चल्दैन गीतले मलाई सांगीतिका क्षेत्रमा एउटा गायकका रूपमा चिनाएको मात्र हैन यसै गीतले फ्यानहरू पनि बढाएजस्तो लाग्छ । यो गीत सुन्न मनपराउने कति युवायुवतीलाई प्रेम अँकुराउने माध्यमसमेत भएको छ । गीतकै सन्दर्भमा पोखरामा कन्सर्टमा जाँदाको एउटा रमाइलो घटना भएको थियो । म कन्सर्ट सिध्याएर फ्यानसँग फोटो खिचाउँदै थिएँ । फोटोकै क्रममा एक जोडीको कुरा सुन्न मौका मिल्यो । उनीहरूको पूरै नाम-थर मलाई त्यति याद भएन । सायद केटाको रोजन र केटीको रजनी नाम थियो होला । उनीहरू एक-अर्कालाई धेरै माया गर्ने भए पनि जातका कारणले विवाह गर्न नसकिरहेका रहेछन् । ती प्रेमीजोडीको विवाहको कारण मेरो गीत मैले छोएको पानि चल्दैन भएछ । यो गीत सुनपछि यो जोडीले परिवारबाट भागेर विवाह गरेका रहेछन् । यी जोडी पनि मेरा फ्यान थिए । मैले आधा घन्टा जति त्यो जोडीसँग कुरा गरे । कुराकानीका क्रममा मलाई लाग्यो मेरो गीतले समाजमा चेतना जगाउन सफल भएछ ।
अहिलेसम्म सांगीतिक क्षेत्रमा लागेको मुख्य उपलब्धि भनेको कार्यक्रममको सिलसिलामा देश तथा विदेशको भ्रमण नै हो । यो भ्रमणको अर्को उपलब्धि भनेको फ्यान नै हुन् । किन भने यो भ्रमणमा मैले फ्यानसँग मिल्ने अवसर पनि पाएको छु । एउटा कार्यक्रममा जाँदा म फ्यानसँग फोटो र अटोग्राफमा रमाइरहेको थिएँ । यही क्रममा केही फ्यानले गालामा किस गर्ने प्रस्ताव गरे । त्यसरी आएको प्रस्ताव मैले एउटा सर्तसहित स्वीकार गरँ। मेरो सर्त थियो गालाको किस गर्ने अनुमति बच्चाका लागि मात्र । गालामा किसको प्रस्ताव बच्चाका लागि स्विकारे पनि उमेर सुहाउँदो महिलाका लागि भने नो नै भन्छु । मेरो यो जवाफले कति रिसाउँछन् भने कतिले गालामा आई लभ यु लेख्न लगाउँछन् ।
केटा मान्छेको विबाह भएको बाहिर सजिलै थाहा हँदैन । मेरो पनि विवाह भएको थाहा नभएर होला युवती फ्यानहरूले प्रेम प्रस्ताव राख्थे । त्यसरी प्रस्ताव आउँदा म घरमा श्रीमतीलाई सोधेर जवाफ दिन्छु भन्ने गर्दथेँ । उनीहरूलाई यति भने पछि पुग्थ्यो । फ्यानले धेरै पठाउने भनेको एसएमएस नै हो । त्यो पनि जन्म दिन पारेर । कतिलाई थ्यांक्यु भनेर एसएमएस फर्काउने गरेको छु भने कतिलाई फर्काउनै भ्याउँदिन । फ्यान पनि पेसापिच्छे फरक हँदा रहेछन् । गायनमा एकथरी फ्यान पाएको थिएँ भने अभिनयमा अर्का थरी । फ्यानका लागि उमेरको हदबन्दी हँदो रहेनछ । बालकदेखि वृद्धसम्म मेरा फ्यान छन् । धरान बजारछेउकी एकजना ६८ वर्षको फ्यान हुनुहन्छ । उहाँलाई म आन्टी भन्ने गर्दछु । धरान कन्सर्टमा जाँदा साथीमार्फत उहाँसम्म पुगे। उमेरले आन्टी परे पनि मेरो गीत उहाँलाई निकै मन पर्दोरहेछ ।
उहासँगको पहिलो भेटमा साथीले परिचय गराउँदा उनको आँखाबाट आँसु झर्यो । 'मैले छोएको पनि चल्दैन' बोलको मेरो गीत उहाँ धेरै सुन्ने गर्नुहँदोरहेछ । मैले सोधेँ, 'आखिर किन यो नै गीत तपाईं धेरै सुन्नु हुन्छ ?' प्रश्न राख्न नपाउँदै उहाँका आँखा फेरि रसायो। दाहिने हातले आँखाको आँसु पुछ्दै जवाफ दिनुभयो, 'यो गीत मेरो जिवनसँग मेल खान्छ ।'
- यस कुमार (गायक तथा नायक)
भिडियो हेर्न तल क्लिक गर्नुहोला- यस कुमार (गायक तथा नायक)
|
|











0 comments