मनले छोएपछि ‘मिस्टेक’ गरिन् सुमिनाले
Published on Sunday, 13 January 2013
23:50 //
Kollywood,
Movie Review
किन किन यो मनले त्यो मनलाई चुन्छ
दुई मुटु एक भएको महशुश हुन्छ
किन कि तिमी मेरो ढुकढुकी
सोमबार बेलुकी काठमाण्डौको नक्साल स्थित ‘पर्पल स्टुडियोमा’ पुग्दा गायक दिपक लिम्बु गीत गाउदै थिए । दिपकलाई संगीतको तालमा ढाल्दै थिए संगीतकार अर्जुन पोखरेल । ऋषिराज आचार्यको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘मिस्टेक’ मा समावेश गीतमा गायक लिम्बुले आवाज भरेका हुन् । यो गीतमा गायिका अन्जु पन्तको पनि आवाज समावेश छ । चलचित्रमा समावेश यो गीतलाई निर्देशक ऋषिराज आचार्यले नै लेखेका हुन् ।छिट्टै नै छायांकनमा जान लागेको यो चलचित्रमा ३ गीत समावेश गरिएको संगीतकार अर्जुन पोखरेलले बताए । चलचित्रमा शिव परियारले पनि आवाज भरेका छन् ।
चलचित्र ‘मिस्टेक’ का लागि कलाकार चयन भने जारी छ । नायिकाको रुपमा सुमिना घिमिरे पक्का भएको निर्देशक आचार्यले अनलाइनखबरलाई बताए । संगीतकार अर्जुन पोखरेलले चलचित्रका गीतसंगीतले आफुलाई अझ चर्चित बनाउने विश्वास व्यक्त गरे ।
चलचित्र ‘मिस्टेक’ का लागि कलाकार चयन भने जारी छ । नायिकाको रुपमा सुमिना घिमिरे पक्का भएको निर्देशक आचार्यले अनलाइनखबरलाई बताए । संगीतकार अर्जुन पोखरेलले चलचित्रका गीतसंगीतले आफुलाई अझ चर्चित बनाउने विश्वास व्यक्त गरे ।|
|












0 comments