The Nepal Times

Hot Nepali News Updated Every Second

पूर्व मिस नेपाल माल्भिका सुब्बा अब गुरुआमा

Published on Sunday, 13 January 2013 07:14 // ,


पूर्व मिस नेपाल माल्भिका सुब्बा गुरुआमा बन्ने भएकी छिन् । कक्षा ६ देखि १०सम्म पढ्ने बिद्यार्थीहरुलाई उनले ब्यक्तित्व बिकाशसम्बन्धी तालिम दिंदैछिन् । चिल्ड्रेन रिच नेपालले संचालन गरेको ‘मेरो स्कुल मेरो आवाज’ अभियानको सदभावदूत बनेकी माल्भिकाले नयाँ जिम्मेवारी थालेकी छिन् ।
उनले सिन्धुपाल्चोक, भक्तपुर र काभ्रेका बिभिन्न स्कुलमा अध्ययनरत बिद्यार्थीलाई ब्यक्तित्व बिकाश र सकरात्मक सोंचबारे पढाउनेछिन् । बिगत तीन बर्षदेखि युवाहरुलाई ब्यक्तित्व बिकाशसम्मन्धी प्रशिक्षण दिंदै आएकी सुब्बाले बालबालिकालाई पनि त्यस्तैखाले प्रशिक्षण दिन लागेको बताइन् ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा चिल्ड्रेन रिच नेपालले उनलाई सदभावदूत घोषणा गरेको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!