The Nepal Times

Hot Nepali News Updated Every Second

भान्सामा बर्बाद भो करीनाको हलकट जवानी !

Published on Sunday, 13 January 2013 20:33 // ,


बलिउड नायिका करीना कपूरले हालै टि्वटरमा यस्तो तस्वीर सेयर गरेकी छिन् जुन हेर्दा लाग्छ उनी पक्का गृहिणी बनिन् र फिल्मबाट हात धुँदैछिन् । कतिपयले त करीनाको जिन्दगी अब भान्सामै बित्ने समेत टिप्पणी गर्न पछि परेका छैनन् ।
भान्सामा खाना बनाइरहेको करीनाको तस्वीर देख्दा धेरैले धेरै थरीका टिप्पणी गर्नु अनौठो होइन । हनिमुन अवधिको उक्त तस्वीरमा एक हातले खाना चलाइरहेकी करीना अर्को हातले गालामा पसिना पुछ्दै छिन् । करीनाले त्यहाँ विभिन्न प्रकारका खाना बनाएको कुरा तस्वीरमा देखिने विभिन्न परिकारबाटै स्पष्ट हुन्छ ।
सैफ अली खानसँग नयाँ दाम्पत्य जिवन बिताइरहेकी करीनाको फिल्मी करिअर ओरालो लाग्दै जान थालेको टिप्पणी बलिउड भित्र र बाहिर सबैतिर गर्न थालिएको छ । सायद त्यहीँ भएरै होला करीनाले भान्सामा आफुलाई अभ्यस्त बनाउँदैछिन् भन्ने लाग्छ तस्वीर हेर्दा । जे होस् करीनाको जवानी भान्सामा बर्बाद नहोस् र बलिउडमा उनको करीअर अझै माथि चढोस् भन्ने चाहना छ उनका फ्यानहरुको ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!