The Nepal Times

Hot Nepali News Updated Every Second

बाबुको बिडो थाम्दै अशोक शर्माका छोरा (पुरै फिल्म हेर्नुस )

Published on Wednesday, 16 January 2013 12:51 // ,


एउटा क्षमतावान फिल्म मेकरको सन्तानले जव बाबुको जस्तै गुण देखाउन थाल्छ तव उसलाई यो क्षेत्रमा खुल्ला हृदयले स्वागत छ । र, यस्तै स्वागत योग्य काम गरेका छन् अशोक शर्माका छोरा अंकितले । 
 
१७ बर्षे अंकितले आफ्नो स्टोरीमा सर्ट फिल्म निर्देशन गरेका छन् जसमा टेक्निकल टिम देखि लिएर आर्टिष्ट सेलेक्सनमा पनि उनले प्रोफेशनल फिल्ममेकर जस्तो गुण देखाउन  भ्याएका छन् । यु ट्यूवबाट रिलिज गरिएको उनको सर्ट फिल्मको नाम 'चक्रब्यू' राखिएको छ । जसमा फ्यामिलियर फेस सुरबिर पण्डित(धुमुर्सको बुबा) संगको चेजिङ सिनले फिल्मलाई अझ उत्कृष्ट बनाउन सफल भएको छ ।

 
कलाकार, निर्माता, निर्देशक अनि पछिल्लो समय नेपालको सर्वाधिक ठूलो फिल्म रिलिज च्यानल डिजीटल सिनेमा नेपाल (डि.सि.एन.)का महाप्रबन्धक शर्मा पनि छोराका पहिलो प्रयासबाट निकै हर्षित छन् । फिल्म उद्योगमा कलाकारहरुका सन्तान यहि उद्योगमा प्रवेश गर्ने ट्रेन हराईसकेको स्थितीमा अशोकका छोराले डाईरेक्टर हुने छनक देखाउनु समग्र उद्योगका लागि गौरवको कुरा हो । तर संख्यात्मक रुपमा गत बर्षदेखि चाहि फिल्कर्मीहरुका सन्तानले फिल्म उद्योग प्रवेश गर्ने ईच्छा देखाउनुले उत्साहको वातावरण  सृजना गरिदिएको छ । 
 
 

Chakravyuh -  A Film By Ankit Sharma

 
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!