The Nepal Times

Hot Nepali News Updated Every Second

‘बिग बोश’ को उपाधी उर्वशीलाई

Published on Sunday, 13 January 2013 07:11 // , ,


भारतीय टेलिभिजन ‘कर्लस’ को चर्चित रियालिटी शो ‘बिग बोश’ को उपाधी उर्बशी ढोलकियाले जितेकी छिन् । शनिबार बेलुका भएको फाइनलमा उर्बशीले इमाम सिद्दिकीलाई हराउदै बिग बोशको उपाधी जितेकी हुन् । उपाधीसँगै उनले ५० लाख नगद पनि जितेकी छिन् ।निक्कै तामझामका साथमा सम्पन्न भएको यो रियालिटी शो को फाइनलको अन्तिममा उर्वशी र इमाम पुगेका थिए । इमामले १० लाख नगद पुरस्कार जितेका छन् । यस्तै यो रियालिटी शो को सेकेन्ड रनरअपको उपाधी सना खानले जितेकी छिन् ।
‘बिग बोश’ को निरन्तर ३ सीजनको उपाधी महिलाको पोल्टामा गएको छ । ‘बिग बोश’ ४ को उपाधी स्वेता तिवारी र ५ को उपाधी जूही परमारले जितेका थिए ।
फाइनल कार्यक्रममा नायक सलमान खानले थुप्रै गीतमा नृत्य गरेका थिए । साथमा बलिउडका केही चर्चित अनुहार पनि फाइनलमा उपस्थित भएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!