The Nepal Times

Hot Nepali News Updated Every Second

रातो सारीमा सेक्सी कट्रिना

Published on Sunday, 20 January 2013 05:22 // , ,

भारतमा सारी महिलाहरुको लोकप्रिय पहिरनमा पर्छ । यो पहिरन लोकप्रिय बन्नुमा बलिउडका नायिकाहरुको पनि ठुलो योगदान छ । नायिका विद्या बालन हरेक कार्यक्रममा सारीमै देखिने गर्छिन् । यो कुरामा नायिका कट्रिना कैफ पनि अग्रस्थानमा आउछिन् । कैफलाई पनि थुप्रै स्थानमा साडी पहिरिएको देख्न सकिन्छ ।यसैबिच सुन्दर नायिका कटि्रनाले एक कार्यक्रममा रातो सारी पहिरिएर सबैलाई मोहित बनाएकी छिन् । कटि्रनाले उत्तर प्रदेशको लखनउ मा आयोजना गरिएको ‘हिरो हक्की इंडिया लीग’ को एक कार्यक्रममा सारी पहिरिएर आकर्षक प्रस्तुती दिएकी छिन् ।


रातो सारीमा मञ्चमा देखिएकी कटि्रनाले केही बलिउडका चर्चित गीतमा नृत्य गरेकी थिइन् । उनलाई देखेर उपस्थित दर्शक तथा अतिथीहरु चकित बनेका थिए । यो कार्यक्रम नायिका नर्गिस फाखरीले पनि विशेष प्रस्तुती दिएकी थिइन् । भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!