The Nepal Times

Hot Nepali News Updated Every Second

साहरुख र अमिर नाँचेको ठाउमा नाँचे नेपाली मोडल (भिडियो)

Published on Tuesday, 15 January 2013 05:45 // ,


नेपाली म्युजिक भिडियोहरु पछिल्लो समयमा लोकेशन र अन्य पाटोमा स्तरिय बन्दै गइरहेका छन् । भिडियो बनाउनेहरु पनि गीतको मर्म मर्न नदिई लोकेशनको खोजीमा नेपाल भन्दा बाहिर भौतारिएको देख्न सकिन्छ ।
यसैक्रममा गायक भरत सिटौलाले आफ्नो चौथो एल्बम ‘फेरी भेटौला’ मा समावेश ‘तिमी र म’ बोलको गीतको छायांकन भारतका विभिन्न स्थानमा गरेका छन् । भारतको लत्ताक, मनाली लगायतका रमणिय स्थानमा छायांकन गरिएको भिडियो अनलाइनखबर मार्फत सार्बजनिक गरिएको हो । यि स्थानमा बलिउडका चर्चित सिनेमाहरु ‘जब तक हे जान’, ‘थि्र इडियट्स’ को छायांकन गरिएको थियो ।
भिडियोमा गायक भरत सिटौला र प्रतिमा गिरीको अभिनय हेर्न सकिन्छ । भरत सिटौलाको शब्द, संगीत तथा स्वर रहेको भिडियोलाई रबि सायमीले छायांकन तथा निर्देशन गरेका हुन् । भिडियोको सम्पादन विनय कंसकारले गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!