The Nepal Times

Hot Nepali News Updated Every Second

बलिउडका महानायक अमिताभ बच्चनलाई चोरिको आरोप

Published on Tuesday, 8 January 2013 19:42 // ,

एजेन्सी, पौष २४ । बलिउडका महानायक अमिताभ बच्चनलाई भारतको सुप्रिम कोर्टले एक कानूनी सूचना जारी गरेको छ । उक्त सूचना अमिताभले ‘ट्याक्स’ छली गरेको आरोपमा जारी गरेको समाचार एजेन्सी बीबीसीले जनाएको छ ।

भारतको आयकार विभागले दायर गरेको एक उजुरी उपर अदालतले अमिताभलाई सूचना जारी गरेको हो । भारतको आयकर विभागका अनुसार अमिताभले आफ्नो टेभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ बापत १.६६ करोड भारु कर तिर्न बाँकी रहेको छ । 

अमिताभले तिर्न बाँकी रहेको भनिएको उक्त कर रकम भने सन् २००२–०३ को भएको जनाइएको छ । 

यसअघि सन् २०१२ को जुलाईमा यस विषयमा अमिताभलाई राहत मिलेको थियो । त्यतिखेर त्यहाँका आयकर आयुक्तले मुम्बई हाईकोर्टमा अमिताभको कर छली सम्बन्धी मामिला उपर कारबाही प्रक्रिया अघि बढाउन गरेको अपिल खारेज गरिएको थियो ।

हाईकोर्टको उक्त फैसला विरुद्ध आयकार विभाग सुप्रिम कोर्ट पुगेको समाचारमा जनाइएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!