ब्यायामबिनै तौल घटाउने यस्तो काइदा !
छिल्लो समय बढ्दो मोटोपन धेरैका लागि टाउको दुखाईको विषय बनेको छ । व्यस्तताले जिम जाने वा नियमित व्यायाम गर्ने समय पनि मिलाउन हम्मेहम्मे हुन्छ । तर, अब चिन्ता नलिनुस् ।
अब कार्यालयमा उभिएर काम गर्दा पनि तपाईको वजन घट्ने भएको छ । चेस्टर विश्वविद्यालयका कसर विशेषज्ञ जोन बकलेका अनुसार हरेक दिन तीन घण्टा उभिएर काम गर्दा प्रतिवर्ष ३.६ किलोग्राम वजन घट्छ ।दिनभर अपिसमा बसेर काम गर्नेहरुले आफ्नो कुर्सीलाई थन्याएर उभिएर काम गर्नु पर्ने उनको भनाई छ । उनका अनुसार ३ घण्टा उभिएर काम गर्दा शरीरबाट १ सय ४४ क्यालारी कम हुन्छ ।
उनी आफैं पनि यस्तो मेचको प्रयोग गर्छन्, जसमा उभिएर काम गर्न सक्छन् । उनी भन्छन्, यति लामो समयसम्म बस्न आवश्यक छैन् ।
चर्चित लेखक अर्नेस्ट हेमिङग्वे उभिएर लेख्न माहिर थिए । उनले सन् १९५० मा एक पत्रमा लेखेका थिए, लेख्दा वा यात्रा गर्दा तपाईको मोटोपन बढ्छ, दिमाग हैन । मलाई उभिएर लेख्न मनपर्छ ।’ अर्का लेखक भ्यादिमिर नाबोकोव पनि उभिएर लेख्न रुचाउँथे ।
पछिल्लो रिपोर्टहरुका अनुसार कार्यालयमा लामो समयसम्म बसेर काम गर्ने तथा आवश्यकताभन्दा बढी आराम गर्नेहरुमा स्वास्थ्यसवन्धी समस्या बढ्छ । लामो समयसम्म बसेर काम गर्दा मधुमेहको खतरा बढ्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला|
|











0 comments