The Nepal Times

Hot Nepali News Updated Every Second

स्क्रिप्ट राईटर र निर्माताको बिहे

Published on Thursday, 17 January 2013 07:02 // ,


महंगा स्क्रिप्ट राईटरको रूपमा आफूलाई स्थापित गराउन लागेका प्रदीप भारद्धाज बिबाह बन्धनमा बाँधिएका छन् । बिराटनगर स्थायी घर भएका प्रदीपले झापाको दमक स्थित झिलझिलेकी दुर्गा प्रसाईंलाई बिहिबार सिन्दूर हाली आफ्नो बनाएका हुन् ।

सिएमए पढ्दै गरेकी पार्लर व्यवसायी दुर्गासँग प्रदीपले मागी बिबाह गरेका हुन् । उनले दमकको पशुपती मन्दिरमा पञ्चेबाजा बजाएर आफ्नो र बेहुलीको घरपरिवारका सदस्यलाई साक्षी राखि आफ्नी धर्मपत्नीको रूपमा दुर्गालाई स्विकारेका हुन् । फिल्मकर्मीहरूलाई थाहै नदिई बिबाह गरेका प्रदीपले माघ १३ गते काठमाण्डौमा फिल्मकर्मीलाई भोज खुवाउने भएका छन् । प्रदीपले छोडी गए पाप लाग्ला, देवरबाबु, सो सिम्पल, आई एम सरी लगायतका फिल्म लेखेका छन् ।
 
 
यस्तै निर्माता क्रिषा चौलागाईंले पनि माघ १ गते हेटौंडाका प्रितम लामिछानेसँग बिबाह गरेकी छिन् । इन्साफ, कसम हजुरको र के म तिम्रो साथी बन्न सक्छु फिल्म निर्माण गरेकी क्रिषाले आगामी फाल्गुन महिना देखि आफ्नै श्रीमानको सहयोगमा नयाँ फिल्म निर्माण गर्ने बताएकी छिन् । प्रितम बैंकका जागिरे रहेको बताईएको छ । उनले पनि फिल्मकर्मीलाई थाहै नदिई बिबाह गरेकी हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!