The Nepal Times

Hot Nepali News Updated Every Second

नेपाली सिनेमालाई नङ्ग्याएको ‘कलिउड’ को प्रिमियरमा के देखियो ? (फोटो फिचरसहित)

Published on Friday, 18 January 2013 05:29 // ,


नेपाली सिनेमा क्षेत्रको बिषयलाई बुनेर तयार पारिएको चलचित्र ‘कलिउड’ को बिहिबार बेलुकी  के.एल.टावरमा प्रिमियर गरिएको छ । प्रिमियरसँगै यो सिनेमा शुक्रबारबाट देशभरका हलमा प्रदर्शनमा आएको छ ।टंक कार्कीको निर्माणमा तयार भएको सिनेमालाई नबराज आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, पायल थापा लगायतका कलाकारको अभिनय छ । चलचित्रको प्रिमियर कार्यक्रममा नायिका कार्की, नायक सिग्देल, कोरियोग्राफर रिनाशा राई, साहाना बज्रचार्य लगायतका सेलिब्रेटीहरुको उपस्थिती थियो ।
प्रिमियरमा नायक आर्यन सिग्देल निर्धारित समयमा नै आएका थिए भने प्रियंकाले केही ढिला गरेकी थिइन् । प्रियंकाले डेढ घन्टा मेकअप गर्न समय लागेकाले ढिला भएको बताइन् । यसैले पनि आयोजकले प्रिमियर अघि आयोजना गरेको विशेष कार्यक्रम केही ढिला सुरु भएको थियो । कार्यक्रममा बोल्दै नायिका कार्कीले आफ्नो लागि ‘कलिउड’ विशेष रहेको बताइन् ।
नेपाली सिनेमा भित्रको कथालाई उठान गरिएको भनिएको ‘कलिउड’ मा नायिका प्रियंका कार्की एक स्टार बन्ने सपनाले सिनेमा नगरिमा आएकी एक युवतीको भुमिकामा देखिएकी छिन् । यस्तै आर्यन सिग्देल एक सुपरस्टारको भुमिकामा देखिएका छन् । चलचित्रको नाम कलिउड राखिएपनि चलचित्र सिमित घेराभित्र रुमलिएको भन्दै धेरैले चलचित्रको आलोचना गरेका थिए । चलचित्रले नेपाली सिनेमा र पत्रकारिता क्षेत्रलाई व्यङ्ग्य गरेको छ । नायिका बन्नका लागि एक युवतीले थुप्रै निर्माता निर्देशकको ओछ्यान तताउछिन् भन्ने बिषयलाई सिनेमाले उठान गरेको छ । चलचित्रले नेपाली सिनेमाका बारेमा दर्शकमा नकारात्मक सन्देश दिएको भन्दै धेरै चलचित्रकर्मीले असन्तुष्टि पोखेका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!