अंडा बिनै कुखुराको चल्ला जन्मियो
Published on Thursday, 19 April 2012
09:38 //
Reading News
कान्तिपुर संवाददाता/Kantipur News
कोलोम्बो, वैशाख ७ - अण्डा पहिले कि चल्ला ? यो अहिलेसम्मकै अनुत्तरित प्रश्न हो । तर अब चल्ला पहिले भन्नेलाई बहसमा सजिलो भएको छ ।
श्रीलंकाको पहाडी क्षेत्रका एक किसानले पालेको पोथी कुखुराले अण्डाविहीन चल्ला जन्माएको छ । बीबीसीले अण्डा पहिले कि चल्ला भन्ने बहसले नयाँ मोड लिएको टिप्पणी गरेको छ ।
२१ दिनसम्म पोथी कुखुराको पेटमा रहेको अण्डाबाट सोझै चल्ला जन्मिएको वेलिमादाका भेटेरिनरी प्रमुख पीआर यापाले बताएका छन् । यद्यपि आफूले यस्तो कहिल्यै नदेखेको उनको भनाइ छ ।
जन्मिएको चल्ला स्वस्थ्य छ तर माउ भने मरेको समाचारमा जनाइएको छ । पोस्टमार्टम रिपोर्टमा पोथी कुखुराको भित्री अंगमा घाउ भएको पाइएको छ ।
श्रीलंकाको दैनिक अखबार श्रीलंका डेलि मिररले 'पहिले चल्ला, अण्डा होइन' शीर्षकमा खबर छापेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला|
|











0 comments